अर्जुनधारा प्रमुख रानाको सन्देश « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा प्रमुख रानाको सन्देश


यलम्वर टाइम्स
२४ आश्विन २०७८, आईतवार ११:५३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले कोरोना संत्राससँगै आँगनमा आएको नेपालीहरुको चाडलाई लिएर नगरबासीमा सन्देश प्रवाह गरेका छन् ।

कोरोना संक्रमण आफैंमा डरलाग्दो बन्दै गएको हुँदा सचेत र सजग भएर बस्न आग्रह गरेका छन् । पूजापाठका नाममा समूहगत भेला भएर गरिने कार्यलाई यो वर्ष थाती राख्दै घरैमा रहेर देवीको पूजापाठ गर्न सक्ने भएकोले हुलमुलमा ननिस्कन सन्देश प्रकट गरेका छन् ।

प्रमुख रानाले रुघा, खोकी, ज्वरो मौसम परिवर्तनको संक्रमण हुन सक्छ । यसलाई वेवास्ता गरे महामारी भई कोरोनाको शिकार हुने हुँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले घरेलु औषधि प्रयोग गर्दै मास्क लगाएर मात्र आवश्यक परेको ठाउँमा हिडडुल गर्नुपर्ने, नजिकदै गरेको चाडबाडलाई मितव्ययतासँगै आर्शिवाद थाप्ने कार्यमा लामो दुरीको यात्रा नगर्न र नगराउन समेत सर्वसाधारण सबैमा अनुरोध गरेका छन् ।

नगर प्रमुख रानाले समृद्ध राष्ट्र निर्माणका लागि सहयोग पुग्ने आसयले पाँच क्षेत्रमा इमान्दारिताको खाँचो आवश्यक भएको जनाएका छन् ।

रानाले देश निर्माणका लागि राजनीति गर्ने व्यक्तिले नीतिगत भ्रष्टचार गर्न नहुने, राष्ट्र सेवकले नाजायज आशा, चन्दा, पुरस्कार र सम्मानबाट टाढा रहनु पर्ने ।

उद्योगीले कर छलेर अकुत सम्पत्ति कमाउने बाटोबाट टाढा हुनुपर्ने । व्यापारीले तस्करी, कालो बजारी धन्दा गर्न नहुने र पत्रकार जगत निष्पक्ष, निर्भिक भएर बोल्न र लेख्न सक्नुपर्ने जस्ता कुरा राखेका थिए ।