सत्ता पक्षले जनजातिको मुद्दा हेरेनः उपाध्यक्ष प्रकाश « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सत्ता पक्षले जनजातिको मुद्दा हेरेनः उपाध्यक्ष प्रकाश


यलम्वर टाइम्स
२३ आश्विन २०७८, शनिबार १०:५२

दहिझोडा । राष्ट्रिय जनमुक्ति पार्टीका हिमाली नेता प्रकाश येङदेनले पुगिसकेपछि अल्पसंख्यक र पीडित भएर रहेका आदिवासी जनजातिका मुद्दाहरु बिर्सिने गरेको बताएका छन् ।

झापाको अर्जुनधारा–४ स्थित दहिझोडामा आयोजित शुभकामना आदानप्रदान तथा वडा अधिवेशनलाई सम्बोधन गर्दै सत्ताधारीहरुको भर्याङ जनजाति भएको हुँदा अब राजनीतिमा जनजातिहरु आउनुपर्ने बताए ।

उनले समानता जुन बेला हुन्छ, त्यो बेला यहाँका आदिवासी जनजातिहरु सत्तामा पुग्नेछ । तर, समानताको लडाईमा ठूला दलहरु नभएको कारण आदिवासी जनजाति भर्याङ हुनु बाहेक अर्को विकल्प नभएको बताए ।

कार्यक्रममा केन्द्रिय सचिव गजेन्द्र आङ्बोहाङले इन्डिजिनीयसहरुले अधिकार प्राप्ति गर्न अब जनमुक्ति दल बाहेक अर्को दल
नभएको बताए ।

उनले बडादशैं महान चाड नेपालीको भनिए पनि आदिवासीहरुले अनुभूति गराउने खालको पर्व नभएको हुनाले आदिवासीलाई अनुभूति गराउने पर्व राज्यले मिलाउनुपर्ने बताए ।

समानता र सहअस्तित्व कायम गर्ने हो भने राज्यका हरेक निकायमा आदिवासी, महिला, दलित, अल्पसंख्यकलाई उचित स्थान दिनुपर्ने जोड दिए ।

प्रदेश अध्यक्ष पर्शुराम थापाले ठूला दल सत्ताको लडाईमा मात्र रहेको बताउँदै जनताको इच्छा, आकांक्षामाथि बेवास्ता गरेको बताए ।

कृष्ण ताम्लिङको सभापतित्वमा भएको कार्यक्रममा निर्मला एक्तेन, भरतसिंह राई, राज खम्बू, भूपाल राना, कृष्णकुमार थेवे लगायतले शुभकामना मन्तव्य राख्दै आ–आफ्नो विचार राखेका थिए ।

दहिझोडाको सघन बस्ती नजिक भएको भेलाले नयाँ कार्य समिति समेत गठन गरेको छ ।

गठित समितिको अध्यक्षमा हरि योङहाङ, उपाध्यक्षमा प्रकाश चेम्जोङ, सचिवमा टिका ताम्लिङ, कोषाध्यक्षमा हर्कसिंह लिम्बू रहेका छन् ।

यसरी नै सदस्यहरुमा भुवनसिंह तामाङ, तेजकुमारी चेम्जोङ, इन्दिरा लिम्बू र सुरेन्द्र आङदाम्बे चयन भएका छन् ।

शनिबार आयोजित कार्यक्रममा नवगठित नयाँ समितिले पार्टीलाई उचाईमा पुर्याउन प्रयास रहने जनाउँदै प्रशिक्षण र मार्ग निर्देशन निरन्तरता रहनका लागि नवनिर्वाचित अध्यक्ष हरि योङहाङले आग्रह गरे ।