वीपीको मन्त्रलाई गाउँगाउँमा पुर्याउन महामन्त्रीमा मेरो उम्मेद्वारीः विश्वप्रकाश « Yalambar Times
८ बैशाख २०८१, शनिबार

वीपीको मन्त्रलाई गाउँगाउँमा पुर्याउन महामन्त्रीमा मेरो उम्मेद्वारीः विश्वप्रकाश


यलम्वर टाइम्स
३ आश्विन २०७८, आईतवार १०:४९

बिर्तामोड । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले संविधान दिवसको अवसर पारेर पार्टी महामन्त्रीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

बिर्तामोडमा आयोजित उम्मेद्वारी सभामा वीपीले बोकेको मूल मन्त्रलाई गाउँगाउँ र टोलटोलमा पुर्याउन आफ्नो उम्मेद्वारी भएको बताए ।

आफ्नो उम्मेद्वारी दिँदै गर्दा कांग्रेस आफ्नो पार्टी भएको अवगत युवा पुस्तालाई दर्शाउन आजको आवश्यकता भएको बताए ।

नेता शर्माले अगाडि भने, ‘कांग्रेसलाई गुट उपगुटबाट माथि उठाउन अब युवा पुस्ता सक्रिय रहनुपर्ने र कांग्रेस पार्टीमा सबैको भएको दर्शाउन युवा पुस्ता अगाडि आउनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका झापा सभापति पक्षका प्रत्यासी नेता राम कट्टेलले कांग्रेसलाई मूल बाटोमा दर्शाउन आफ्नो उम्मेद्वारी भएको बताए ।

आफू कांग्रेसमा रहिरहँदा इमान्दार, कर्तव्य निष्ठ भएर काम गरेको दृष्ठान्त राखे । पार्टी केन्द्रीय सदस्य दिलीप राईले कांग्रेसमा गुटउपगुट अन्त्य भए सबैभन्दा ठूलो दल हुने विश्वास दिलाए ।

अग्रसेन भवनमा आयोजित सभामा पार्टीका पुराना कार्यकर्ताहरुको सक्रिय उपस्थिति रहेको थियो ।