यो संविधान लौरो न हतियारः जनमुक्ति अध्यक्ष केपी « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

यो संविधान लौरो न हतियारः जनमुक्ति अध्यक्ष केपी


यलम्वर टाइम्स
२ आश्विन २०७८, शनिबार १२:०३

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीका वर्तमान अध्यक्ष केपी पालुङ्वाले २०७२ को संविधान आदिवासी जनजाति र अल्पसंख्यक दलितहरुका लागि लौरो न हतियार भएको बताएका छन् ।

जनमुक्ति झापाले छैठौं महाधिवेशनपछि निर्वाचित भएका पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्ने क्रममा अध्यक्ष पालुङ्वाले कतैबाट पनि उद्धारता र सरलता नपाएको बताउँदै संघीयताका आधारमा प्रदेश कायम गरे पनि पूर्णअधिकार र स्वायत्तता प्रदान गर्न नसकेको बताए ।

अध्यक्ष पालुङ्वाले मौलिक अधिकार प्राप्त गर्ने बाटो संविधानले रोकेको र अल्पसंख्यकका लागि संविधान नै बाधक भएको हुँदा पूर्ण संशोधन गर्नुपर्ने पार्टीको अडान रहेको बताए ।

पार्टी कार्यालय सुरुङ्गामा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष पालुङ्वाले जनमुक्तिले ०७९ को परिणाम सार्थकता प्रदान गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन धिमाल, उपाध्यक्ष बलदीप राई, प्रकाश येङदेन, महासचिव पदम जवेगु, उपमहासचिव विष्णु थाम्देन लगायतले आ–आफ्नो विचार राख्दै पार्टीलाई वैकल्पिक शक्ति निर्माणमा पूर्ण सक्रियता रहने बताए ।

पार्वता माङ्मुको सभापतित्वमा भएको कार्यक्रममा भवानी विक्रम सेलिङ, पदम कन्दङ्वा, प्रदेश अध्यक्ष पर्शुराम मगर, दिपेन्द्र राई लगायतले बोलेका थिए ।