महत्वपूर्ण जनमुक्ति दस्तावेज बोकेर सर्वसम्मत समिति चयन « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

महत्वपूर्ण जनमुक्ति दस्तावेज बोकेर सर्वसम्मत समिति चयन


यलम्वर टाइम्स
३१ भाद्र २०७८, बिहीबार ०५:००

धरान । राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशनले १२० पेजको जनमुक्ति दस्तावेज बोकेर सर्वसम्मत नयाँ कार्यसमिति निर्माण गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीको सुनसरीको धरानमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले पार्टीको संघिय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङवालाई पुनः सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको छ ।

पार्टी स्थापनाको ३० वर्ष लामो इतिहाँसमा पहिलो पटक सर्वसम्वत रुपमा नेतृत्व चयन गर्दै संघीय अध्यक्षमा पुनः केपी पालुङवा चयन भएका हुन् ।

मंगलवार बिहान सम्पन्न पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रले सर्वसम्वत रुपमा संघीय अध्यक्षमा पार्टीका निवर्तमान अध्यक्ष समेत रहेका केपी पालुङवााई पुनः अध्यक्षमा सर्वसम्बत रुपमा चयन गरेको हो ।

चार दिनसम्म सञ्चालन भएको महाधिवेशनले पार्टीको संघिय समितिको कार्यकारी अध्यक्षमा पार्टीका निवर्तमान महासचिव केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई चयन गरिएको छ । संघिय समितिको उपाध्यक्षमा होमाया गुरुङ, बलदिप राई, भीमवहादुर राना, प्रकाश याङदेन, रविन्द्र उच्च नेपाली, हाँजी डा.मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी याले र मनीराम चौधरीलाई चयन गरिएको छ ।

त्यसैगरी पार्टीको महासचिवमा टोप अस्लामी, रामु परियार र पदम जवेगुलाई चयन गरिएको छ भने उप–महासचिवमा गंगा खासु र विष्णु थाम्देनलाई चयन गरिएको छ ।

नवनिर्वाचित संघीय समितिको सचिवमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङवुहाङ, मोजीव अली र ज्ञानवहादुर सलामी थापालाई चयन गरिएको छ ।

पार्टीको नवनिर्वाचित कोषाध्यक्षमा मानवहादुर राईलाई चयन गरिएको छ । जारी बन्द सत्रले संघीय समितिकको सदस्यहरुमा राजकुमार मोक्तान तामाङ, मनकुमारी मगर, विमला गुरुङ, धनराज वि.क., मोहन प्रसाद तिमल्सीना, इन्द्र वहादुर आङदेम्वे, गोकर्ण राई लगायत गरी ३१ जनालाई सर्वसम्वत रुपमा चयन गरिएको निवनिर्वाचित राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समितिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशिले जानकारी दिएका छन् ।

पार्टीका नव–निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचन मण्डलका आयुक्त देउवहादुर रानाले पद तथा गोपनियाताको सफत खुवाएका थिए ।

नयाँ संशोधित विधानअनुसार प्रत्यक्षतर्फ संघीय सदस्यहरु खुला २२ जना र १२ जना महिला सहित जम्मा ५५ जना हाउसबाट निर्वाचित भएका छन् ।

मंगलवार विहान करिव ४ बजेसम्म चलेको बन्दसत्रबाट निर्वाचित संघीय समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना संघीय सदस्य मनोनयन गरी जम्मा ३१ जनाको संघीय समितिका पदाधिकारी र ५४ जना संघीय समितिको सदस्य गरी जम्मा ८५ सदस्यीय मुल संघिय समितिको निर्माण हुने राष्ट्रिय जनमुक्ति पार्टीका नवनिर्वाचित संघीय अध्यक्ष केपी पालुङवाले जानकारी दिए ।

वि.सं.२०५३ सालमा राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन भएदेखि पाँचौ राष्ट्रिय महाधिवेशनसम्म आईपुग्दा सर्वसम्वत रुपमा नेतृत्व चयन हुन कहिले पनि सकेको थिएन ।

तर यस पटक भने सर्वसम्वत रुपमा पार्टीको नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय जनमुक्ति पार्टी सफल भएको भन्दै नव निर्वाचित अध्यक्ष केपी पालुङवाले निर्वाचन मण्डल, महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षकहरु, सञ्चारकर्मीहरु, पार्टीका महाधिवेशन स्थल भन्दा वाहिर रहेर भूमिका निर्वाह गर्नु हुने शुभचिन्तकहरुलाई विशेष गरेर धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष पालुवाङ्गवाले भने, ‘राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनबाट नेपालका ठूला भनिएका राजनितिक पार्टीहरुले पनि सहमति, सहकार्य र समावेशिताको पाठ सिक्नु पर्दछ ।’

उनले कोभिडको महामारीको समयमा पनि पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन सफल पार्न आर्थिक, भौतिक र नैतिक रुपमा पूर्व मेचीदेखि पश्चिम महाकालीबाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई पार्टीको तर्फबाट धन्यवाद समेत दिएका छन् ।