पहिचान र पूर्ण अधिकार हाम्रो शर्तः अध्यक्ष केपी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पहिचान र पूर्ण अधिकार हाम्रो शर्तः अध्यक्ष केपी


यलम्वर टाइम्स
२२ भाद्र २०७८, मंगलवार ०९:३४

 

छैठौं महाधिवेशनको पूर्व सन्ध्यामा जनमुक्ति

धरान । पार्टीको आसन्न छैठौं राष्ट्रिय महाधिवेशनमा जुटिरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचान र पूर्ण अधिकार प्रदान गर्न जनमुक्ति पार्टीको पहिलो शर्त रहेको बताएका छन् ।

यही भदौं २६ बाट २८ गतेसम्म हुन लागेको महाधिवेशनको विषयलाई लिएर अध्यक्ष पालुङ्वाले यलम्वर टाइम्सका विषेश प्रतिनिधिसँग स्टार पूर्वी होटलमा काुराकानी गर्दै बहुजातीय लोकतान्त्रिक समाजवादभित्र बहुल राष्ट्रिय राज्य पार्टीको आधार स्तम्भ भएको हुँदा धरानमा हुने छैठौं महाधिवेशनबाट सशक्त ढंगले कार्यकर्ता परिचालनसँगै दलका सबै नेताहरु गाउँ पस्ने समेत बताए ।

हामीले अझै पनि गाउँका सर्वसाधारण अधिकारका विषयमा पूर्ण ज्ञान प्रदान गर्न सकिरहेका छैनौं । पुस्तौदेखि सुन्दै आएको दललाई भोट हालेर बसेका थुप्रै हुनुहुन्छ । कुन दल कस्तो हो भन्ने विषयमा अवगत गराउन छैठौं महाधिवेशनपछि पार्टीका अगुवाहरु गाउँ पस्ने छन् ।

‘पार्टीको स्थापनाकालदेखिनै जातीय मुक्ति, राष्ट्रिय स्वाधिनताका शब्दहरु छर्दै हिंड्यौं, कार्यान्वयन पक्षमा कमजोर भयौं तर छैठौं महाधिवेशनपछि त्यसलाई कार्यान्वयन गर्ने विधि र पूर्ण समावेशी समताका आधारहरु लिएर अगाडि बढ्ने छौं’ अध्यक्ष पालुङ्वाले अगाडि भने, ‘इतिहासको एउटा कालखण्ड जनमुक्ति भनेरै बित्यो, अब यस दलले के–के गर्छ भन्ने विश्वास दिलाउन मेची–महकाली दौडमा निस्कने छौं ।’

अध्यक्ष पालुङ्वाले संघीयताको आवाज उठाउने मात्र होइन वृद्ध भत्तादेखि असहाय अपाङ्ग र दलित अल्पसंख्यकलाई भत्ताको उचित व्यवस्था गर्नुपर्छ भन्ने शब्द वकालत गर्ने जनमुक्ति नै पहिलो दल भएको हुँदा अब मजदुरलाई मालिक बनाउने तीन खम्बे अर्थ नीति लिएर जनतामाझ जाने पनि बताए ।

उनले ठूला दलका कार्यकर्ता मात्र होइन, ठूला दलसँग आवद्ध अग्रजहरु पनि भ्रष्टचारमा फसेको प्रशस्त देखिरहेका छौं ।

जनमुक्तिलाई शक्तिशाली बनाएर भ्रष्टचारीहरुलाई देशद्रोहीको संज्ञा दिँदै तिनका सम्पत्ती राष्ट्रियकरण गर्ने अभियानमा लाग्ने छ ।

दलाल पूँजीवादी पश्चिमी राष्ट्रले हाम्रो देशलाई हडप्नका लागि एमसीसी जस्ता परियोजना ल्याएर विदेशी शक्ति घुसाउने जुन प्रयास छ, जनमुक्ति त्यसको घोर विरोधमात्र गर्दैन भण्डाफोर अभियान सञ्चालन गरेर जाने बताए ।

राष्ट्रिय राजनीति गतिविधिमा दल कमजोर हुनुको कारणबारे प्रश्न राख्दा अध्यक्ष पालुङ्वाले भने, आदिवासीहरुको ठूलो संगठन बन्दै गरेको यस दललाई विभाजन गर्न दरबारदेखि ठूला दलसमेत लागेको हुँदा राष्ट्रिय राजनीतिमा उभिन मुस्किल परेको बताउँदै अब ती कुराहरुलाई चिर्दै राष्ट्रिय राजनीतिको मूल एजेण्डामा जनमुक्ति पार्टीको विचार पुग्ने बताए ।

तपाईहरुकै दलको विचार लिएर माओवादी सत्तामा पुग्यो नि ? भन्ने प्रश्नमा पालुङ्वाले अगाडि भने, ‘फेरि एक पटक नेपालका आदिवासी जनजाति र अल्पसंख्यकहरुलाई गतिलै तरिकाबाट झुक्याएका छन् । अब झुक्याउने कोशिस कुनै दलले नगरे हुन्छ ।’

महाधिवेशनको तयारीमा हुनुहुन्छ नि ? भन्ने प्रश्नमा अध्यक्ष पालुङ्वाले ३ दशक पार गरेको दल हो जनमुक्ति यसको प्रवास संगठनहरु पनि छन् । ६ वटा देशका प्रतिनिधिहरु महाधिवेशनमा सहभागि हुँदै छन् । पार्टीका मुर्धन्य व्यक्तिहरुको पनि उपस्थिति रहने छ ।

कुन ढंगबाट महाधिवेशन सम्पन्न गर्दै हुनुहुन्छ ? उद्घाटन हामी पूर्वको सुन्दर नगरी धरानको गीता भवनमा गर्दैछौं । कोभिडका कारण प्रतिनिधिमूलक, दूरी कायम गरेर सम्पन्न गर्नेछौं ।

बन्दसत्रमा पार्टीका बौद्धिक व्यक्तित्वबीच बृहत जनमुक्तिको अबको बाटो बारे बहससँगै एजेण्डा लिएर अगाडि आउनेछौं । अन्य साना दलहरुलाई यस पार्टीमा अटाउन ढोका खुला गर्नेछौं ।

पहिचान पक्षसँग हातेमालो रहनेछ । महाधिवेशन सम्पन्न गर्न सचिवालय सक्रिय छ । प्रदेश नं. १ का इन्चार्ज प्रकाश येङ्देन, सचिव पदम जवेगु, विष्णु थाङ्देन लगायत पाँच दर्जन कार्यकर्ताहरु परिचालित रहेका छन् ।