जनमुक्तिको छैठौं महाधिवेशन भदौ २६ बाट « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

जनमुक्तिको छैठौं महाधिवेशन भदौ २६ बाट


यलम्वर टाइम्स
१३ भाद्र २०७८, आईतवार १०:२५

 

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो छैठौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्ने भएको छ ।

महाधिवेशन सम्पर्क समितिका संयोजक प्रकाश येङ्देनका अनुसार २६ गते धरानको गीता भवनमा उद्घाटन हुने र २७ र २८ गते बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरेर अगाडि बढ्ने भएको जनाएका छन् ।

वैकल्पिक शक्ति निर्माणका लागि जुटेको राष्ट्रिय जनमुक्ति पार्टी अधिराज्यभरिका ६४ जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहनेछ ।

कोरोना कहरका कारण पटक–पटक सर्दै आएको महाधिवेशन यो पटक भने सम्पन्न गरेर नै जाने संघीय परिषदको ११ औं बैठकले निर्णय गरेको छ ।

बैठकमा पूर्व राष्ट्रिय अध्यक्ष एमएस थापाले पार्टीले उठाएको मूलधारको बाटोलाई बढवा गरेर लगे पार्टी तथा कार्यकर्ताको भविष्य रहेको बताए ।

जातीय मुक्ति र हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको अस्त्र बोकेर अगाडि बढेको पार्टी भएको हुँदा लक्ष्यमा पुग्न सकिनेमा थापाले जोड दिए ।