पर्यटकले भरनामा नुहाउँदा दूषित पानी पीउनुपरेको उपभोक्ताको गुनासो « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

पर्यटकले भरनामा नुहाउँदा दूषित पानी पीउनुपरेको उपभोक्ताको गुनासो

यलम्वर टाइम्स
७ भाद्र २०७८, सोमबार ०६:२७

काँकरभिट्टा । मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरुले दूषित पानी पिउन बाँध्य हुनु परेको गुनासो गरेका छन् ।

केही दिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाकोे सीमानामा रहेको पर्यटकिय स्थल झरनामा नुहाउन र मनोरञ्जन गर्न पुग्ने आन्तरिक पर्यटकहरुका कारण बाहुनडाँगीका खानेपानी आयोजनाहरु प्रदूषित भएको भन्दैं पदाधिकारी र उपभोक्ताहरुले गुनासो गरेका हुन् ।

मेचीनगर १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ वडा खानेपानी आयोजना सञ्चालित छन् ।

मेचीनगर —१ को सिरानमा पर्ने तिरिङ खोला र निन्दा खोलाको मुहानमा पछिल्लो समय आन्तरिक पर्यटकहरु ठूलो संख्यामा नुहाउन जाने गरेका छन् ।

ती आयोजनाका मुहानमा आन्तरिक पर्यटकहरु रमाउने नाममा फोहोर मैला गरिदिँदा दूषित पानी पिउन उपभोक्ता बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीको भनाई छ ।

अध्यक्ष अधिकारीले मुहान दूषित हुँदा उपभोक्ता पानी खान नसक्ने अवस्थामा पुगेको बताउदैं उपभोक्तालाई शुद्ध पानी वितरण गर्नु समितिको पहिलो दायित्व भएको भए पनि समितिले नसकेको दुखेसो व्यक्त गरे ।

पर्यटन विकासलाई व्यवस्थित नगर्ने हो भने उपभोक्ता प्रतिकारमा उत्रने उनले चेतावनी दिएका छन् ।

मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी,गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका पदाधिकारी र उपभोक्ताहरुले आफूलाई स्वच्छ र सफा पानी पिउने वातावरण मिलाईदिन मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी,गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी सबै आयोजनाको मुहान भने त्यही झरनाको पानी हो ।

झरनामा नुहाउन जाने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोरमैला गर्दा साविक बाहुनडाँगीका साना तथा ठूला खानेपानी आयोजना प्रभावित भएको सम्बन्धित उपभोक्ता समितिलहरुले जनाएका छन् ।

पर्यटकीय गन्तव्यलाई व्यवस्थित गरेर शुद्ध पानी वितरणमा पहल गरिदिन मेचीनगर नगरपालिकालाई आग्रह गदैं मुहानमा फोहोर गरिदिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय उपभोक्ता तिलजा देवानले बताइन् ।

मेचीनगर —१ को सिरानमा पर्ने तिरिङ खोलाबाट गोकुल खानेपानीसहित अन्य साना पाँचवटा खानेपानी सञ्चालित छन् ।

यस्तै, निन्दा खोलाबाट बाहुनडाँगी, श्रीनन्दा, जिल्ला विकास खानेपानी, साङपाङ खानेपानीलगायत १० वटा आयोजना वर्षौँदेखि सञ्चालित छन् ।

ती आयोजनाबाट वितरित पानी साविक बाहुनडाँगीका करिब ३ हजार उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

नन्दा खानेपानी अध्यक्ष इन्द्र ढकाल, निन्दाटार खानेपानीका अध्यक्ष गौरी आचार्य, स्थानीय दिपेश खड्का पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा यसक्षेत्रमा खानेपानीको विकराल समस्या पैदा हुने बताउछन् ।

पर्यटन क्षेत्रको विकासँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा मेचीनगरका प्रमुख विमल आचार्यले नगरपालिका सक्रियरुपमा लाग्ने बताए ।

प्रमुख आचार्यले पर्यटन विकाससँगै शुद्ध खानेपानी वितरणमा आफूहरुको दायित्व भएको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन र पानीको मुहान व्यवस्थापन दुवै अहिलेको आवश्यकता भएको बताए ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दैं नगर प्रमुख आचार्यले घुम्न आउने अन्तरिक पर्यटकलाई हामीले प्रोत्साहन पनि गर्नुपर्ने र मुहान सफा राख्ने कुराको विकल्प खोज्नुपर्ने बताउँदै सूचना पाटी, डस्वीन राखेर पर्यटनलाई पनि बचाउन सकिने बताए ।

पर्यटीय क्षेत्रको रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगीको झरना व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

छलफलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ नगर सदस्य डिकेन्द्र थापा, वडानम्बर २ का जनप्रतिनिधिलगायले झरनाको व्यवस्थापन गरेर खानेपानीको मुहान शुद्घ र सफा राख्न जोड दिएका थिए ।

पर्यटकले भरनामा नुहाउँदा उपभोक्ताहरु दूषित पानी पिउन बाध्य