जनमुक्तिका महासचिव सूर्यवंशीलाई मातृ शोक « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

जनमुक्तिका महासचिव सूर्यवंशीलाई मातृ शोक


यलम्वर टाइम्स
१८ श्रावण २०७८, सोमबार १०:३४

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा संघीयवादी युवा नेता केशव सूर्यवंशीलाई मातृ शोक परेको छ ।

उनका ममतामयी माता बुटवल–८ निवासी बसन्ती सूर्यवंशीको ९२ वर्षको उमेरमा निधन भएको हुँदा मातृ शोक परेको हो ।

केही दिन अघि समान्य ज्वरो आएपछि घरैमा बसेर उपचार गरिरहेकी बसन्तीको सोमबार १२ बजे निधन भएको महासचिव सूर्यवंशीले यलम्वर टाइम्सलाई जानकारी दिए ।

उनको दहासंस्कार आजै बुटवलको तिलोत्तमा मगर घाटमा बौद्ध परम्परा अनुसार गरिएको छ ।

५ वर्षअघि पति डम्बरसिंह सूर्यवंशी गुमाएका बसन्तीको २ भाई छोरा, २ बहिनी छोरी छन् । जेठा छोरा खेम सूर्यवंशी हुन् भने महासचिव केशव सूर्यवंशी कान्छा छोरा हुन् ।

जेठी छोरी सुमित्रा रहेकी छिन् भने कान्छी छोरी कुन्तीको केही वर्षअघि निधन भएको थियो ।

केशव विगत तीन दशकअघिबाट जातीय मुक्ति र राष्ट्रिय स्वाधीनताका विषयमा आवाज उठाउँदै आएका छन् ।
युवाहरुको ढुकढुकीका रुपमा परिचित सूर्यवंशी प्रखर वक्ताका रुपमा उदाएका थिए ।

नेपालका ठूला दलका नेताहरुले नेपाली जनतालाई स्वाधिनताको बाटोमा डोहोर्याउन नसकेको टिप्पणी गर्छन् ।

सत्तामा पुगेर एक जातीय विशेषको व्यवहार गरेर संघीयता र धर्म निरपेक्षतालाई गलत अथ्र्याएका छन् ।

पार्टीको महाधिवेशनको तयारीमा जुट्दै विभिन्न ठाउँमा संगठन विस्तार गर्दै हिडेका नेता सूर्यवंशीमा एक्कासी बज्रपात परेपछि केही दिन शोकमा बस्नुपरेको बताए ।

महासचिव सूर्यवंशीमा मातृ शोक परेको कारण पार्टी स्तब्ध भएको अध्यक्ष केपी पालुङ्वाले बताउँदै सूर्यवंशी परिवारमा समवेदना प्रकट गरे ।