मेची सहकारी यस कारणले बिर्तामोड आयो « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

मेची सहकारी यस कारणले बिर्तामोड आयो


यलम्वर टाइम्स
६ श्रावण २०७८, बुधबार १२:३३

बिर्तामोड । बाचत तथा सहकारीको भिडमा मेची सहकारी संस्था लिमिटेड आम व्यवसायी जनताको सारथी बन्नका लागि बिर्तामोडमा शाखाका विस्तार गरेको छ ।

बिर्तामोडको मेचीकै व्यापारिक केन्द्रको रुपमा मानिन्छ । दमकलाई मुख्य थलो बनाएर २०५४ सालमा स्थापना भएको सहकारीले छोटो समयमा १० सेवा केन्द्र र ९ हजार ४ सय ७६ सदस्य संख्या बनाएको छ ।

सेवा केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराईले इमान्दार कर्तव्य निष्ठ व्यवसायी, व्यापारीहरु र कृषि तथा पत्रकार, संघसंगठनका लागि मेची सहकारी सारथीको रुपमा उभिएर जाने बताए ।

उनले आर्थिक वर्ष ०७७÷०७८ को कुल कारोबार २९ करोड ६७ लाख ९९ हजार १९९.९९ बाट मुनाफा ९ करोड ५ लाख २२ हजार २ सय ९५ रुपैया रहेको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुलाई आकर्षित बनाउनका लागि व्यवसाय र उपकरण खरिदका लागि ८ प्रतिशत ब्याजदरमा सेवा सुविधा प्रदान गर्ने ७० वर्ष माथिकालाई वृद्ध भत्ता प्रदान गर्ने, क्यान्सर, मुटु र मृगौला रोगीका लागि ५० हजार उपचार खर्च प्रदान गर्ने, प्राकृतिक प्रकोप राहत, १ लाखसम्मको कर्जा बिमा जस्ता सेवा रहेको पनि जानकारी गराए ।

अध्यक्ष भट्टराईले शेयर सदस्य रहेका छोराछोरीहरुका लागि शैक्षिक कार्यक्रम अगाडि सारिएको पनि जानकारी गराए ।

उनले सरकारी क्याम्पस अध्ययनरत विद्यार्थीलाई ८ प्रतिशत ब्याजदरमा ल्यापटप कर्जा, प्राविधिक शिक्षामा ३० लाखसम्म न्यूनतम् ब्याजदरमा लगानी, १२ कक्षा उत्र्तीण गर्ने विद्यार्थीलाई छात्रावृद्धि प्रदान वार्षिक २० जनालाई दिने जस्ता कार्यक्रम रहेको जानकारी दिए ।

मुक्ति चोक छेउ भद्रपुर रोडमा अवस्थित उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले मेची सहकारी संस्थाले आफ्नो इतिहास निर्माण गरिसकेको हुँदा यसलाई विश्वास राख्दै सदस्य बन्न आग्रह गरे ।

उनले अन्त्येष्टि तथा काजकिरिया खर्च २६ हजार, दुर्घटना बिमा ५० हजार, प्राकृतिक प्रकोप राहत कोष ५० हजार जस्ता कार्यक्रम रहेको जानकारी गराए ।

बिर्तामोड सेवा केन्द्रका दुर्गा खनालको सभापतित्वमा भएको कार्यक्रममा उत्तम खनाल, माधव विद्रोही आदिले आ–आफ्नो विचार राखेका थिए भने उपस्थित पत्रकारहरुलाई सदस्यताका लागि आग्रह समेत गरिएको थियो ।