तीन बुँदे सहमति पश्चात अर्जुनधारा नगरपालिकाको ताला खुल्यो « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

तीन बुँदे सहमति पश्चात अर्जुनधारा नगरपालिकाको ताला खुल्यो


यलम्वर टाइम्स
४ श्रावण २०७८, सोमबार १२:४८

अर्जुनधारा । नगर शिक्षा शाखा प्रमुखकै कारण बजेट फ्रीज भएको भन्दै विद्यालयका प्रअ तथा व्यवस्थापन समितिले अर्जुनधारा नगरपालिकामा लगाएको ताला ३ बुँदे सहमति गर्दै खुलेको छ ।

सोमबार शिक्षा शाखामा भएको राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख र बन्दकर्ता बीच भएको लामो छलफलपछि ताला खोल्ने सहमति जुटेको हो ।

छलफलमा शिक्षक महासंघका नगर अध्यक्ष पुण्य सुवेदीले शिक्षा शाखाकै कारण शिक्षामा आएका रकमहरु फिर्ता भएर गएको हुँदा यसको जवाफ नगर प्रमुख लगायत जिम्मेवार पक्षले दिनुपर्ने भनाइ राखेका थिए ।

छलफलपछि जवाफ दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चम्लगाईले कतिपय कामहरु छोटो समयमा बुझ्नुपर्ने र फरफारा गर्नुपर्ने काम कठिन भएकोले सम्बन्धित निकायमा बुझेर निकासका बाटाहरु खोजिने बताए ।

प्रअहरुलाई अपमान शैलीमा झ्यालबाट बिल भरपाई मागिनु ठीक नभएको विषयलाई लिएर प्रमुख चम्लगाईले अगाडि भने, ‘नगरकै उच्च तहका कर्मचारी कोभिडका कारण बितेको स्मरण गराउँदै त्यसको असर कर्मचारीमा देखिएकोले आर्थिक कारोबार झ्यालबाट लिनेदिने गरिएको हो ।’

भेलामा एकीकृत नेपाल शिक्षक संगठनका नगर अध्यक्ष टंकप्रसाद आचार्य, नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजता शिवाकोटी, कालिस्थान माविका प्रअ इन्द्र उप्रेती, शिक्षक संगठन नगर अध्यक्ष केदार पोखरेल आदिले नगर क्षेत्रमा शिक्षा शाखाले गर्नुपर्ने कार्य ढिलासुस्ती र अवरोध जस्ता देखिएको हुँदा त्यसलाई जनप्रतिनिधि र सम्बन्धित निकायले निकास खोज्नुपर्ने धारणा राखे ।

छलफलमा लक्ष्मी माविका राम घिमिरे र हरिस बास्तोलाले शिक्षा शाखाबाट आर्थिक अपचलन र कमिशन जस्ता कार्य भएको सार्वजनिक गरे ।

सिंहदेवी माविका अध्यक्ष विष्णु ढकालले शिक्षा जस्तो पवित्र कार्यमा अभिभावकहरु जुट्दा नगरको शिक्षा शाखाले सल्लाह सुझाव र रेखदेख गर्नुपर्नेमा अवरोध खडा गरेर अगाडि बढ्नु नीति विपरीत भएको बताए ।

छलफलमा शिक्षा शाखाका प्रमुख तोयानाथ रेग्मीले आफू नीति विपरित नभएको बताउँदै कमीकमजोरी भए सच्याएर अगाडि बढ्ने जानकारी दिए ।

छलफलमा नेकपा एमालेका प्रेमसागर सापकोटा, नेपाली कांग्रेस हेमराज खरेल, राप्रपा लभकुश गिरी, माओवादीका एनबी लामा लगायतले उचित निकासको बाटोमा लाग्नु बाहेक अर्को विकल्प नरहेको बताउँदै नगरको शिक्षाका गतिविधि कमजोर हुँदै गएको समेत औल्याए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा बसेको छलफलले तीन बुँदे समहति अगाडि सार्दै ताला खोलिको थियो ।

शिक्षामा आएको रकम फ्रीज गरिएको भन्दै नगर क्षेत्रका प्रअ तथा अभिभावकहरुले आइतबार कार्यालयभित्र रहेका कर्मचारीहरुलाई बाहिर निकालेर कामकाज ठप्प पार्दै ताला लगाएका थिए ।

यस्तो छ तीन बुँदे सहमति