अफगानिस्तानमा बम विस्फोट चार जनाको मृत्यु « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अफगानिस्तानमा बम विस्फोट चार जनाको मृत्यु


यलम्वर टाइम्स
२० मंसिर २०७३, सोमबार ११:३२

afghanistan-a-bridge-between-asia-and-europeअफगानिस्तान / अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसार यस आक्रमणमा परी दुई बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

पाक्टिकाका खोसामन्द जिल्लामा भएको यस आक्रमणमा परी अर्का एक सर्वसाधारण घाइते भएका मसुदले थप जानकारी दिएका छन् ।
यस आक्रमणमा परी मारिएका ती परिवार एक दिन अगाडि मृत्यु भएको आफन्तको श्रद्धाञ्जलि सभामा सरिक हुनको लागि त्यसतर्फ गइरहेकोे बेलामा दुर्घटना भएको थियो ।

पाक्टिकामा भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर अफगान सुरक्षाबललाई लक्ष्य गरी तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमण गर्दै आएका छन् । त्यसकारण यो आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीको अनुमान रहेको छ ।