जनमुक्ति नेता राईलाई मातृ शोक « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

जनमुक्ति नेता राईलाई मातृ शोक


यलम्वर टाइम्स
२४ असार २०७८, बिहीबार ०८:२६

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधाराका पूर्वअध्यक्ष तथा किरात लिम्बुवान खम्बुवान प्रदेश न १ सदस्य दिलीप राईलाई मातृ शोक परेको छ ।

उनको ममतामयी माता चन्द्रकुमारी राईको ८८ वर्षको उमेरमा बुधबार निधन भएपछि शोक परेको हो । झापा अर्जुनधारा–९ यलम्वर चोक निवासी दिलीप राईका माता चन्द्रकुमारी राई केही दिन अघिबाट अस्वस्थ भई घरैमा उपचार गरि आएका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशिल राईको ममतामयी आमाको विहीबार सालबारी जंगलमा किरात विधिबाट दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कार गर्नअघि किरात राई यायोक्खा अर्जुनधारा नगर समिति र राष्ट्रिय जनमुक्ति पार्टीले मौनधारण गरि समवेदना प्रकट गरेका थिए ।

यायोक्खाको तर्फबाट उपाध्यक्ष क्या. शिवकुमार राईले स्व. चन्द्रमायाको विषयमा आफ्ना भनाई राखेका थिए भने जनमुक्तिको तर्फबाट जिल्ला सचिव पदम कन्दङ्वाले समवेदना राखेका थिए ।

शोक सभामा जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, प्रदेश अध्यक्ष पर्शुराम मगर, कृष्णकुमार थेवे, युवा नेता चित्र मगर, नगर अध्यक्ष राज खम्बू, भरतसिंह राई लगायतको उपस्थिति रहेको थियो ।