खाम्याहाङकै घरमा पुगेर समवेदना प्रकट « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

खाम्याहाङकै घरमा पुगेर समवेदना प्रकट


यलम्वर टाइम्स
१९ असार २०७८, शनिबार ०५:२९

संखुवासभा । अर्जुनधारा नगरपालिकाले कोभिडबाट देहवासन भएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निवासमा पुगेर समवेदना प्रकट गरेका छन् ।

विहीबार नगरका उपप्रमुख कमला आचार्यको नेतृत्वमा गएको टोलीले खाम्याहाङको निवास संखुवासभाको माङ्लिङमा पुगेर समवेदना प्रकट गरेका हुन् ।

विहीबार स्व. खाम्याहाङको ४५ औं पुण्य तिथिको अवसर पारि नगरले समवेदना पत्र उनकी श्रीमती गंगा खापुङ खाम्याहाङलाई प्रदान गरेका थिए ।

कुशल र सफल प्रशासकको रुपमा चिनिदै आएका खाम्याहाङले अर्जुनधारा नगरको परिवर्तनमा धेरै कार्य गरेको र स्थानीय स्रोत साधानलाई सदुपयोग गर्न र चलायमान गर्न थुप्रै ज्ञान भएको हुँदा नगरले ठूलो अपेक्षा राख्दा राख्दै छोटो समयमै गुमाउन पुग्दा अर्जुनधारा नगरपालिका स्तब्ध हुन पुगेको उपप्रमुख आचार्यले परिवारजनमा राखिन् ।

परिवारजनकोतर्फबाट खाम्याहाङका धर्मपत्नी गंगाले यति लामो ठाउँबाट बर्खाझरी नभनि समवेदना प्रकट गर्न र हामीलाई हौसला दिन आउनुभएकोमा अर्जुनधाराका जनप्रतिनिधि र अर्जुनधारावासीलाई धन्यवाद दिइन् ।

उनले कडा र मिजासिल स्वाभाव थियो महेन्द्र सरमा तर मनका धनी भएकाले यहाँसम्म उहाँ आइपुग्नु कर्मचारीहरुको पनि ठूलो सहयोग रहेको होला भन्दै नगरका कर्मचारीहरुलाई पनि धन्यवाद सुनाइदिनु भनेको सहभागि महिला, बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत सुमित मगरले बताए ।

समवेदना कार्यक्रममा वडा नं. ९ का सदस्य हरिमाया भण्डारीले कुशल प्रशासक नेपाल सरकारले गुमाएको हुँदा नगर प्रमुखले पनि स–परिवारलाई समवेदना प्रकट गर्नुभएको सन्देश प्रदान गरिन् ।

स्व. खाम्याहाङको कोभिडका कारण एक महिना थलिएर उपचार गर्दागर्दै वीएण्डसी अस्पतालमा असमयीक निधन भएको थियो ।

नगरले उनको नाममा एक शोक बिदा दिँदै उपचार खर्च समेत व्यहोरोको थियो ।