कोभिडको हर्ट स्पर्ट बन्दै अर्जुनधारा « Yalambar Times
५ बैशाख २०८१, बुधबार

कोभिडको हर्ट स्पर्ट बन्दै अर्जुनधारा


यलम्वर टाइम्स
१४ असार २०७८, सोमबार ०६:३८

अर्जुनधारा । कोभिड संक्रमणको लागि झापाको सबैभन्दा प्रभावित क्षेत्र बनेको छ, अर्जुनधारा नगरपालिका ।

दोस्रो लहरको कोभिडले आजसम्ममा ९ सय २९ जना बिरामी, ३ सय ५५ जना होम आइसोलेसनमा, ६ जना अर्जुनधारा–४ स्थित आइसोलेसनमा उपचार गरिरहेका छन् भने २३ जनाको मृत्यु भएको छ ।

बुधबार सार्वजनिक सुनुवाईमा अर्जुनधाराका लागि कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले कोरोना कहर सबैभन्दा डर लाग्दो ढंगबाट अर्जुनधारालाई छोपिरहेको हुँदा हेलचेक्राइ नगर्न आग्रह गरे ।

नगरले पछिल्लो पटक प्रत्येक वडामा पुगेर एन्टिजेन्ट परीक्षण गर्दा दैनिक ४० प्रतिशत पोजेटिभ फेला परेको कारण अर्जुनधारा खतराको सूचिमा दौडिरहेको बताए ।

स्थानीय सरकार अन्तर्गत संघसंस्था लगायत स्वास्थ्यकर्मीहरु खटिरहँदा र वडा सरकारबाट सर्वसाधारणलाई बाहिर ननिस्कन, एकै ठाउँ बसेर जुवातास, छलफल, बैठक नगर्न, काम बिना हिंडडुल नगर्न आग्रह गर्दा पनि अटेर गरेर हिंड्दा कोरोना पृष्टि हुनेहरुको संख्या बढेको फोकल पर्सन बस्नेतले जानकारी दिए ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएको २ महिनायता नगरको सीसीएमसीको निर्णय अनुसार पीडित पक्षलाई स्वास्थ्य सम्बन्धि औषधी साथै उनीहरुको अवस्था हेरेर खाद्यन्न दिने निर्णय अनुसार हालसम्म २७ जनालाई खाद्य सामग्री पुर्याइएको समेत अर्जुनधाराले जनाएको छ ।

अझै पनि विवाह, भोज, मृत्यु संस्कार र आफन्तसँग भेटघाट गर्ने कार्य नरोकिएको हुँदा कोरोनाको बीउ त्यहीबाट उत्पादन हुने गरेको हुँदा सजक र सचेत रहन अर्जुनधाराले अनुरोध गरेको छ ।