कोभिडका बिरामीको मनोबल उच्च पार्दै उपचारमा सक्रिय हुन दलहरुको चेतावनी « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

कोभिडका बिरामीको मनोबल उच्च पार्दै उपचारमा सक्रिय हुन दलहरुको चेतावनी


यलम्वर टाइम्स
१० जेष्ठ २०७८, सोमबार ११:१५

धरान । कोभिडको नामले असुरक्षित हुन पुगेका नागरिकहरु अस्पतालभित्रको एक्लो बसाई, कोभिड बिरामीका लागि असैय हो । राज्यले कोरोना पीडित बिरामीलाई अस्पतालभित्र एक्लै राखेर मानसिक त्रासमा उपचार गर्दा धेरै असफल भइरहेको विषयलाई लिएर सुनसरीका सक्रिय राजनीतिक दलका युवा अगुवाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान घोपामा सोमबार सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

घोपामा बिरामीलाई दिइने सेवा सुविधामा ढिलासुस्ती साथै अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार लगायत विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दबाब दिएको जनमुक्तिका युवा नेता चित्र मगरले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले (माधव पक्ष), नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान राज्य परिषदलगायतका दलहरुले प्रतिष्ठानको उपकुलपतिअघि धर्ना दिदै दबाब दिएका हुन् ।

उनीहरुले कोरोना संक्रमणको दोस्रो लहर शुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा पदाधिकारीहरुको गैरजिम्मेवारीपन र लापरवाहीपन देखाएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपूर्णरुपमा आएको बताएका छन् ।

स्वास्थ्य सेवा सुधार नगरेमा र कमीकमजोरी तत्काल सुधार नगरेमा थप विरोधको कार्यक्रम ल्याउने नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले बताए ।

बिरामीहरुले आईसीयू, भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको, डाइलाइसिस गर्न नपाइरहेको भन्दै उनले पदाधिकारीहरु भने कमिशन र भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।

जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बूले पनि प्रतिष्ठानकै उपकुलपति र पदाधिकारीहरुको गैरजिम्मेवारीपनले गर्दा लकडाउनमा पनि दबाब दिन आउन बाध्य भएको बताए ।

यसरी नै जिल्ला र अञ्चलस्तरका सरकारी अस्पतालमा पनि सक्रिय राजनीतिक दलका युवाहरुले ध्यानाकर्षण गराउने त्यसलाई बेवास्था गरे अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रमुखलाई चेतावनी दिनुपर्ने कुरा उठाएका थिए ।