संक्रमणकै कारण अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

संक्रमणकै कारण अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु


यलम्वर टाइम्स
३ जेष्ठ २०७८, सोमबार ०९:५९

अर्जुनधारा । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज सोमबार २ः३० बजे मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा बीएन्डसी हस्पिटलमा निधन भएको हस्पिटलका सूचना अधिकृत प्रमेश गिरीले जानकारी दिए ।

उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे ।

उनलाई वैशाख १७ गते थप उपचारका लागि बीएन्डसीमा भर्ना गरिएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

स्थानीय प्रशासन क्षेत्रका अब्बल व्यक्तिका रुपमा परिचित खाम्याहाङ इलाम नगरपालिका, मेचीनगर हु्ँदै अर्जुनधारा आएका थिए ।

५५ वर्षीय खाम्यहाङका छोरा, छोरी र श्रीमती छन् । खाम्याहाङ अस्वास्थ्य हुन पुग्दा उनकी श्रीमती गंगा खाम्याहाङ बीएण्डसीमा आइ सेवामा लागि परेकी थिइन् ।

कार्यालयको कामबाट काठमाण्डौ पुगेर फर्किएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय प्रशासनिक क्षेत्रमा २९ वर्ष काम गरिसकेका खाम्याहाङ स्थायी घर संखुवासभा रहेको उनका आफन्तले बताए ।