अर्जुनधारामा निषेधाज्ञा पालना नगर्दा संक्रमण बढ्दाे « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधारामा निषेधाज्ञा पालना नगर्दा संक्रमण बढ्दाे


यलम्वर टाइम्स
२८ बैशाख २०७८, मंगलवार ११:५४

अर्जुनधारा । काेराेना संक्रमणकाे बढ्दाे चाप यति बेला अर्जुनधारामा देखापरेकाे छ ।

निषेधाज्ञा जारी भए पनि बेवास्ता गर्दा संक्रमण फैलिएकाे काेभिड फाेकल पर्सन मुकुन्द बस्नेतले बताए ।

अाज (मंगलबार) मात्र १९ लाई संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या १५२ पुगेकाे शाखाले जनाएकाे छ भने मृत्यु हुनेहरुकाे संख्या ३ पुगेकाे छ ।

अर्जुनधारा-७ पाराखाेपी लाईनकाे लामिछाने परिवारमा काेराेना पुष्टि भएपछि स्थानीयलाई सजग भएर सहयाेग गर्न फाेकल पर्सन बस्नेतले अनुराेध गरे ।

बस्नेतका अनुसार निषेधाज्ञालाई पूर्ण पालना गर्न नसके अर्जुनधारा क्षेत्रकाे अवस्था नाजुक भएर जाने ठाेकुवा गरे ।

काेराेना कहर व्याप्त रूपमा फैलिएकाे बेला बजार तथा गाउँबस्तिमा अझै पनि निषेधाज्ञाकाे पालना नभएकाे हुँदा संक्रमणले तिव्रता पाएकाे हाे ।