बीएण्डसीबाट मेची अस्पताललाई भेन्टिलेटर सहयोग « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

बीएण्डसीबाट मेची अस्पताललाई भेन्टिलेटर सहयोग


यलम्वर टाइम्स
१६ बैशाख २०७८, बिहीबार १०:३३

बिर्तामोड । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले कोभिड–१९ संक्रमित उपचारमा सहयोग पु¥याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने जानकारी दिएका छन् ।

उनले भने, ‘विपद्का समयमा सरकारी स्वास्थ्य सेवालाई हामी सबै मिलेर सुदृढ बनाउनु पर्छ, यसैले रु. ६५ लाख बराबरको भेन्टिलेटर मेची अस्पताललाई प्रदान गर्दैछु ।’

उनका अनुसार बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ५० भेन्टिलेटर उपकरण छ । ती मध्ये पाँच÷छ वटामा मात्र बिरामी छन् । समाजसेवी प्रसाईँले आज प्रेस विज्ञप्ति मार्फत् राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई ती भेन्टिलेटर राखेर उपचार सेवामा प्रदान गर्न आफू तयार रहेको जानकारी दिए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘विपद्का समयमा राज्यले के दियो र के ग¥यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो, यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन, आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।’

कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले अत्याधुनिक आइसीयू तथा भेन्टिलेटर सहित २५ शैया छुट््याएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार अस्पतालले कोरानाका बिरामीलाई उपचारमा उच्च प्राथमिकता दिँदै उपचार सेवा प्रदान गरेको छ ।

बुधबार मात्र एक कोराना संक्रमित बिरामीलाई काठमाडौँबाट हवाई चार्टरमार्फत सो अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनका अनुसार काठमाडौँका कोरानाका बिरामीले भेन्टिलेटरका लागि अस्पतालमा सम्पर्क गर्नेक्रम निरन्तर जारी रहेको छ  ।