अर्जुनधारामा आयुर्वेदिक औषधीका विषयमा अन्तरक्रिया « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा आयुर्वेदिक औषधीका विषयमा अन्तरक्रिया


यलम्वर टाइम्स
१४ बैशाख २०७८, मंगलवार ०८:४४

अर्जुनधारा । झापाको अर्जुनधारामा आयुर्वेद तथा जडिबुटी र स्वास्थ्यवृत सम्बन्धि एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित सचेतनामूलक कार्यक्रममा आयुर्वेद तथा जडिबुटीका प्रयोग र फाइदाका विषयमा चर्चा गरिएको थियो ।

शनिश्चरे आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो ।

आयुर्वेद औषधालयका प्रमुख अनिल यादवले सहजीकरण गरेको कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज अनिल ठाकुरले गरेका थिए ।