नेपाल उद्यमशील महिला संघ अर्जुनधाराको चौथो साधारणसभा सम्पन्न « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

नेपाल उद्यमशील महिला संघ अर्जुनधाराको चौथो साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
३० चैत्र २०७७, सोमबार १०:१७

अर्जुनधारा । नेपाल उद्यमशील महिला संघ अर्जुनधाराको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संघकी अध्यक्ष देवमाया पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महिला नेतृ सरस्वती सिटौला रहेकी थिइन् ।
कार्यक्रमकी प्रमुख अतिथि सरस्वती सिटौलाले नगर क्षेत्रका महिलाहरुलाई एकीकृत गरि उद्यमशील बनाउँदै आयआर्जनको बाटोतर्फ डोहोर्याउन उल्लेखीय भूमिका खेलेका भन्दै संघको प्रशंसा गरिन् ।

त्यस्तै हेमकला पौडेल, संघकी सल्लाहकार देवकला प्रसाईले कार्यक्रममा बोल्दै उद्यमशील महिला संघ महिलाहरुको अग्रणी संस्था बनेर जाओस् भनी शुभकामना दिएकी थिइन् ।

संघकी उपाध्यक्ष सुशिला ढकाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य गंगादेवी कटुवालले गरेकी थिइन् ।

कार्यक्रममा उद्यमशील महिला संघमा आवद्ध सदस्यहरुको वृहत उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संघकी अध्यक्ष पोखरेलले वाचन गरेकी थिइन् ।