पितृहरुको नाममा उज्यालो शनिश्चरेसँगै सम्मान « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

पितृहरुको नाममा उज्यालो शनिश्चरेसँगै सम्मान


यलम्वर टाइम्स
१४ चैत्र २०७७, शनिबार १०:५९

अर्जुनधारा । अर्जुनधारा–४ कि मीना राईले पितृहरुको नाममा शनिश्चरे बजारमा सडक बत्ती हस्तान्तरणसँगै ज्येष्ठ असहायहरुलाई दोसल्ला र नगद प्रदान गरेर सम्मान गरेकी छिन् ।

राईले श्रीमान र सासुआमाको उच्च श्रद्धाका साथ उज्यालो शनिश्चरे निर्माणका लागि शनिश्चरे चोकबाट अर्जुनधाराको पुलसम्म सडक बत्ती लगाईदिएकी छिन् ।

सासुआमा रुपमाया राईको पुण्य तिथि बनाएर उक्त बत्ती हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कमला आचार्यले शनिश्चरे बजार उज्यालो बनाउनका लागि शनिश्चरे बजारबासीहरुको ध्यान केन्द्रीत हुनुपर्ने बताइन् ।

वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि ज्येष्ठ नागरिक मिलन समाजका सचिव नरेन्द्र तिम्सीना रहेका थिए ।

चतुर्भुज काफ्लेद्वारा सञ्चालित कार्यक्रममा ज्येष्ठ होमकुमारी गौतम, सन्त पदम भट्टराई र रश्मी दंगाललाई सम्मान गरिएको थियो ।