होली खेले पक्राउ « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

होली खेले पक्राउ


यलम्वर टाइम्स
१४ चैत्र २०७७, शनिबार १०:५०

अर्जुनधारा । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ ।

कोरोना कहर बढीरहेको बेला स्थानीय प्रशासनमार्फत होली नखेल्न र भिडभाड जस्तो कार्य नगर्न अनुरोध गर्दागर्दै पनि स्वतःस्फुर्त मानिस निस्किएर भिडभाड भएमा उनीहलाई सम्झाईबुझाई गर्ने प्रहरीलाई निर्देशन दिइएको छ ।

यति गर्दागर्दै पनि नमाने संक्रमण रोग ऐन २०२० अनुसार आदेश अवहेलना गरेमा एक महिना कैद र एक सय रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो ऐनले सरकारको कामलाई बाध्या पुर्याउनेलाई छ महिना कैद र ७० हजार जरिवाना गर्ने अधिकार प्रजिअलाई दिइको छ ।

राजधानी लगायत अन्य ठाउँमा माक्स लगाएर हिंड्न प्रशासनले अनुरोध गरेको छ भने सीमा क्षेत्रमा कडा निगरानी गर्न थालिएको छ । बिहीबार झापाको सुरुङ्गामा ३९ वर्षीय एक महिलाको कोरोनाका कारण मृत्यु हुन पुगेको छ ।