जुकेखाडी सावमा पार्टीको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकालाई जनमुक्तिको सम्मान « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

जुकेखाडी सावमा पार्टीको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकालाई जनमुक्तिको सम्मान


यलम्वर टाइम्स
१४ चैत्र २०७७, शनिबार १०:४३

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर परिषदले जुकेखाडी सामुदायिक वनकाे निर्वाचनमा पार्टीबाट प्रतिनिधित्व गरेका उम्मेद्वारहरूलाई सम्मान गरेकाे छ ।

शनिबार पार्टी कार्यालयमा एक कार्यक्रमकाे आयोजना गर्दै वनकाे काेषाध्यक्ष पदमा विजयी भएकी मनिला जवेगु इङनाम लिम्बू, मालती लिम्बू र छत्रबहादुर मगर लगायतलाई सम्मान गरेकाे हाे ।

पार्टी नगर अध्यक्ष राज खम्बूकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष मीना पन्धाक रहेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य शान्तिदेवी राई, प्रदेश उपाध्यक्ष तिलसिंह माङमु, राष्ट्रिय भूपू सैनिक संघ उपाध्यक्ष दुर्गाबहादुर कटुवाल, जिल्ला उपाध्क्ष भरतसिंह राई, सल्लाहकार क्या. शिवकुमार राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन पार्टी उपाध्यक्ष तेज याेङहाङले गरेका थिए । वनकाे निर्वाचनमा जनमुक्ति पार्टीले नेपाली कांग्रेस, नेकपा प्रचण्ड-माधव समूहसँग सहकार्य गरेकाे थियाे ।

पार्टीले जुकेखाडी सामुदायिक वनका लागि काेषाध्यक्ष र दुई सदस्य पदमा उम्मेद्वारी दिएकाे थियाे भने काेषाध्यक्षमा विजयी हासिल गरेकाे थियाे ।