डा. उप्रेतीको नाममा शोक सभा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

डा. उप्रेतीको नाममा शोक सभा


यलम्वर टाइम्स
१८ फाल्गुन २०७७, मंगलवार ०८:१७

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेर शंकर अस्पताल सञ्चालन गरी दीर्घ सेवा प्रदान गरेका डा. शंकरप्रसाद उप्रेतीको नाममा १२ दिनसम्म शोक पुस्तिका रहने भएको छ ।

डा. उप्रेतीको गत फागुन १६ गते काठमाण्डौको पाली गोदमा असमायिक निधन भएपछि आईतबार शंकर अस्पतालमा शोकसभा आयोजना गर्दै १२ दिनसम्म शोक पुस्तिका राखिने भएको हो ।

शोक सभामा साविक जिल्ला विकास समिति झापाका सभापति कृष्ण मिश्र, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, दिपकसेन भट्टराई, तुलसी ढुंगेल, डा. सन्तोष यादव लगायतले डा. उप्रेतीको विषयमा आफ्ना धारणा राखेका थिए ।

अस्पताल सञ्चालन समितिका सदस्य सुजन शिवाकोटीले सञ्चालन गरेको शोक सभामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य क्षेत्रमा करिब ५० वर्ष सेवा प्रदान गरेका डा. उप्रेती कहाँ इलाम, झापा र मोरङका बिरामीहरुको उपस्थिति हुने गरेको स्थानीयहरु बताउँछन् ।