नेका, जनमुक्ति र प्रचण्ड–नेपालबाट खड्का, ओली समूहबाट न्यौपाने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

नेका, जनमुक्ति र प्रचण्ड–नेपालबाट खड्का, ओली समूहबाट न्यौपाने


यलम्वर टाइम्स
८ फाल्गुन २०७७, शनिबार ०३:२६

जुकेखाडी सामुदायिक वनमा कुन दलका उम्मेद्वार को ? कहाँबाट ?

जुकेखाडी । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–३ मा फाल्गुन २२ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आ–आफ्ना उम्मेद्वारहरु दर्ता गराएका छन् ।

६ गते मनोनय दर्ता गराउने क्रममा विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो ढंगबाट उम्मेद्वारी दिएको निर्वाचन आयोगले जारी गरेको नामावलीमा उल्लेख छ ।

नेकपा ओली समूहबाट अध्यक्ष पदमा दुर्गाप्रसाद न्यौपानेको बलियो उम्मेद्वारी रहेको छ भने नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति, प्रचण्ड–नेपाल र अन्य स्वतन्त्रको संयुक्त प्यानलबाट झलेन्द्र खड्काको अर्को दरबिलो उम्मेद्वारी परेको छ । त्यसरी नै राप्रपाबाट गणेशबहादुुर दाहालले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

यसरी नै उपाध्यक्षमा नेकपा प्रचण्ड–नेपाल समूहबाट शुक्रराज दुलाल दिपक (पर्यापर्यटन), नेपाली कांग्रेसबाट नविनकुमार ओली (समूह), नेकपा केपी समूहबाट युवराज चापागाई (समूह), नेकपा ओली बुद्धबीर विश्वकर्मा (पर्यापर्यटन) । राप्रपाबाट यामकुमार बास्कोटाको उपाध्यक्षमा उम्मेद्वारी परेको छ ।

यसरी नै सचिव नेकपा प्रचण्ड–नेपाल समूह नर्वदा दियाली, नेकपा ओली समूह हिमादेवी मगर, सहसचिव मोहन श्रेष्ठ नेपाली कांग्रेस, रविन गिरी नेकपा ओली, सुरेन्द्र कार्की राप्रपा कोषाध्यक्षमा मनिला जवेगु इङ्नाम जनमुक्ति, तेजमाया राई नेकपा अ‍ेली समूहबाट उम्मेद्वारी परेको छ ।

यसरीनै क्षेत्र नं. १ बाट सदस्यमा कमलप्रसाद खतिवडा (स्वतन्त्र), प्रेमप्रकाश अधिकारी (स्वतन्त्र), जानुका नेपाली (नेपाली कांग्रेस), हरिप्रसाद भण्डारी (नेकपा प्रचण्ड–नेपाल) , रामचन्द्र आचार्य (नेकपा प्रचण्ड–नेपाल), इन्द्रमाया घतानी (नेकपा केपी), देवराज नेपाल, पदम कटुवाल (नेकपा केपी), झलकबहादुर रम्तेल (राप्रपा) उम्मेद्वारी दिएका छन् ।

त्यसै गरी क्षेत्र नं. २ बाट सदस्यमा योगेन्द्र गुरुङ (नेपाली कांग्रेस), मालती लिम्बू (जनमुक्ति), तुलसा नेपाल (नेकपा ओली), डम्बर जवेगु (नेकपा ओली)को उम्मेद्वारी परेको छ ।

क्षेत्र नं. ३ सदस्यमा राजेन्द्र काफ्ले (नेपाली कांग्रेस), कुवेरप्रसाद गिरी (नेकपा प्रचण्ड–नेपाल), खिनमाया चापागई (नेकपा प्रचण्ड–नेपाल), लोकनाथ दुलाल (नेकपा ओली), मिनकुमार फागो (नेकपा ओली), कृष्णप्रसाद बास्कोटा (राप्रपा), बेदमाया शर्मा (नेकपा ओली)ले उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नं. ४ बाट सदस्यमा दुर्गाप्रसाद दाहाल (नेकपा ओली), ज्ञानबहादुर कार्की (नेपाली कांग्रेस), साविताकुमारी धौलाकोटी (नेपाली कांग्रेस), डिल्लीप्रसाद चापागई (नेकपा प्रचण्ड–नेपाल), खगेन्द्र पराजुली (नेकपा ओली), बिनु विक (नेकपा ओली) को उम्मेद्वारी परेको छ ।

क्षेत्र नं. ५ कृष्णप्रसाद लामिछाने (नेकपा प्रचण्ड–नेपाल), टेकेन्द्र पौडेल (नेकपा ओली) छत्रबहादुर मगर (जनमुक्ति), सम्झना थापा (नेपाली कांग्रेस), मुना भट्टराई (नेकपा ओली) रहेका हाम्रा सहयोगी झलक याम्फूले जानकारी दिए ।

यसरी नै सहसचिव रविन गिरीको प्रस्थापक प्रेमप्रसाद अधिकारको आधिकारी कार्ड नभएको सुत्रले जानकारी दिएका छन् भने अन्य केहीको पनि यस्तै अवस्था रहेको उल्लेख छ ।