पूजाका नाममा चन्दा नउठाउ: अर्जुनधारा नगरपालिका « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

पूजाका नाममा चन्दा नउठाउ: अर्जुनधारा नगरपालिका


यलम्वर टाइम्स
२ फाल्गुन २०७७, आईतवार ११:०९

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा उठाउने विद्यालयलाई कारबाही गर्ने बताएको छ ।

नगरले माघ २९ गते एक विज्ञप्ती जारी गर्दै संस्थागत, सामुदायिक र धार्मिक विद्यालयले पैसा उठाएर गरिने सरस्वती पूजामा रकम नउठाउन जानकारी गराएको हो ।

यदी कसैले विद्यार्थीको नामबाट रकम संकलन गरे फिर्ता गर्न समेत निर्देश दिएको छ । विज्ञप्तीको अन्त्यमा भनिएको छ, नगरको निर्देश विपरीत अगाडि बढे नियमानुसार कारवाही गरिने जानकारी प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वर्षौदेखि सरस्वती पूजाको नाममा सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीहरुबाट स्वाइच्छा ढंगबाट रकम उठाएर विद्याकी देवी सरस्वती पूजा गर्दै आएको सर्ववित्तितै छ ।

तर, नगरपालिकाले एक्कासी विज्ञप्ती प्रकाशित गरेर पैसा नउठाउन भन्ने निर्देशन आएपछि संस्थागत तथा निजी विद्यालय शिक्षकहरु छक्क परेका छन् ।

श्रीपञ्चमीका दिन विद्यालयले विद्याकी देवीको रुपमा निःशुल्क नयाँ विद्यार्थी भर्ना गर्ने र विद्यालयमा पूजापाठ गरि हर्षोउल्लास गर्ने चलन छ । त्यस चलनलाई पहिलेबाट नै रोकेको भए उपयुक्त हुने सरकारी विद्यालयका एक प्रअ बताउँछन् ।

प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाका अनुसार विद्यार्थीहरुबाट जबरजस्ती आर्थिक संकलन नगरिएको जानकारी दिँदै स्वाइच्छाले रकम संकलन गरि सरस्वती पूजा आयोजना गरिदै आएको जानकारी दिए ।

विद्यालयबाटै केही बजेट प्रदान गरेर पूजा आरधना गरिदै आएको पनि अध्यक्ष सिटौलाले बताए ।