अर्जुनधारामा ब्याज अनुदानसहितको सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया « Yalambar Times
५ बैशाख २०८१, बुधबार

अर्जुनधारामा ब्याज अनुदानसहितको सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया


यलम्वर टाइम्स
२६ माघ २०७७, सोमबार ०८:२५

अर्जुनधारा / महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जासम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम अर्जुनधारामा सम्पन्न भएको छ ।

महिला उद्यमी संघ नेपाल अर्जुनधारा नगर समितिको आयोजना तथा एक्सल डेभलोपमेन्ट बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

संघकी अध्यक्ष दीपा पोखरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना रहेका थिए ।

प्रमुख अतिथि रानाले महिलाहरुलाई व्यवसायसँग जोड्दै अगाडि बढे चाँडो आर्थिकस्तर उस्किदै जाने बताए ।

उनले महिलाहरुलाई सचेत बनाउँदै अगाडि बढाउन कर्जा सहुलियतका विषयमा जानकारी दिनु राम्रो भएको बताउँदै उनीहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, एक्सल डेभलोपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेल, समाजसेवी सरस्वती सिटौला, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, समाजसेवी देवकला प्रसाई, पम्पा विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

संघकी सहसचिव सरस्वती थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा अन्तरक्रियाको सहजीकरण बैंकका ऋण विभाग प्रमुख शिव गिरीले गरेका थिए ।

कार्यक्रममा महिलाहरुको व्यवसाय हेरि बिना धितो १५ लाखसम्म ब्याज अनुदानसहित सहुलियत दरमा ऋण प्रदान गरिने जानकारी दिइएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव गीता अधिकारीले गरेकी थिइन्