हलुवागढको ताला वडा सरकारमार्फत खोल्न आग्रह « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

हलुवागढको ताला वडा सरकारमार्फत खोल्न आग्रह


यलम्वर टाइम्स
२१ माघ २०७७, बुधबार ०८:४०

हलुवागढ सामुदायिक वन अध्यक्ष चक्र तामाङ । फायल फोटो

सिस्ने / हलुवागढ सामुदायिक वन उपभोक्ता समितिमा लगाइएको ताला वडा सरकारमार्फत सहमतिमा खोल्न सामुदायिक वन उपभोक्ता समितिले आग्रह गरेको छ ।

बुधबार समितिका अध्यक्ष चक्र तामाङले २३ औं साधारणसभाले टोल–टोलमा गएर सभा सञ्चालन गर्न र साधारणसभाले उठाएको म्याण्डेडलाई पालना गर्न खटिरहेको बेला नेपाली कांग्रेसले सामुदायिक वनमा आएर ताला लगाएको हुँदा स्थानीय वडा सरकारमार्फत सहजता अपनाइदिन आग्रह गरेको हो ।

सामुदायिक वनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै आन्तरिक लेखा समितिले बेरुजु भएको आशंका गर्दै लगाइएको आरोपलाई नेपाली कांग्रेसले सामुदायिक वनमा ताला लगाएको भनाई हामीमा आएको छ । तर हामीले भ्रष्टाचार र अनियमितता गरेको प्रमाण पुगे जस्तो सुकै सजाय भोग्न आफू तयार रहेको पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले भने ।

उनले प्रेस विज्ञप्ती वाचन गर्दै सामुदायिक वन सञ्चालनमा अनेकौं समस्या छन् । वनको सुरक्षावदेखि लिएर उपभोक्ताको मन जित्न चानचुने कुरा होइन । उपभोक्ताकै हितका लागि अहोरात्र खटिरहँदा पनि सामुदायिक वनमा ताला लगाइयो । यो घटना दुःख र निन्दनीय छ ।

आन्तरिक लेखाले निकालेको हरहिसाब पुनः समितिले दोहोर्याएर हेर्दा न बेरुजु भेटिन्छ, न कतै लप्पनछप्पन गरेको पाइन्छ । त्यो कुरा नेपाली कांग्रेस लगायत अन्यले राम्ररी बुझ्न र हेर्न सक्नुहुन्छ । जिम्मेवार दल भएको हुँदा यसरी ताला लगाउनु आम उपभोक्ताहरुमाथि अन्याय गर्नु सरह हो भन्ने लाग्छ, उनले पत्रकार सम्मेलनमा भने पटक–पटक लगाइएको ताला अब स्थानीय सरकारको सहभागितामार्फत निकाससँगै खोल्न आग्रह गरे ।

समूहको २३ औं वार्षिक साधारणसभामा संस्थाको लेखा समितिको प्रतिवेदन र मलेपले दिएको प्रतिवेदनमाथि टोलमा गएर निर्णय गर्नु भनी दिएको हुँदा समूहको कार्यदिशा र प्रतिवेदनको विषयलाई लिएर छलफल भइरहँदा ताला नै लगाउनुपर्छ भनेर सोचेका थिएनौं, तर भयो ।

प्रत्येक टोलको निर्णय माइन्यूट लेखन कार्य भइरहँदा पनि उहाँहरुलाई चित्त नबुझेको हुँदा ताला लगाइदिएको हुन सक्ने भएकोले सामुदायिक वनले गरेको कार्यक्रम पारदर्शी र सर्वपक्षीय हुने भएको हुँदा शंका नगर्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले राजनीतिक दलबाट लगाईको ताला आफूले नतोडिएको जानकारी गराउँदै टोल–टोलमा भएको निर्णय माइन्यूट गरेर सार्वजनिक गरिने समेत बताए ।

वडा नं. १ का वडा सदस्य दिलबहादुर सारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व वन अध्यक्ष लगायत नयाँ कार्य समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव तारादेवी आचार्यले गरेकी थिइन् ।

यता हलुवागढ सामुदायिक वनमा लगाईको तालाको विषयलाई लिएर नेपाली कांग्रेस नगर सभापति हेमराज खरेलले आम उपभोक्ताको मन जित्ने काम गर्न सक्नुपर्यो, लेखा प्रतिवेदनले दिएको आरोपको विषयमा स्पष्ट पार्न सक्नुपर्यो, १६ गते सर्वपक्षीय भेलाको निर्णयलाई माइन्यूट नगरी आम उपभोक्तामा जानु कतिको उचित छ ? यसको जवाफ आए ताला खोल्न सकिने जानकारी दिए ।