डाइलोसिस मेसिनको माग « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

डाइलोसिस मेसिनको माग


यलम्वर टाइम्स
१९ माघ २०७७, सोमबार ११:१०

अर्जुनधारा । अर्जुनधारा क्षेत्रमा मृगौला बिरामीहरुको संख्या २ दर्जनभन्दा बढी भएको कारण निःशुल्क डाइलोसिसका लागि मेसिन खरिद गर्न नगरलाई मृगौला पीडितहरुले आग्रह गरेका छन् ।

राज्यले निःशुल्क भनेर ठूला अस्पताललाई अधिकार दिए पनि कतिपय अस्पतालले रकम लिने गरेको बताएका छन् । अर्जुनधारा–७ का एक मृगौला पीडितले हप्तामा ३ पटक डाइलोसिस गर्दै आएको सुनाउँदै एक पटकमा रु ५ हजार एक्ट्रा तिर्नुपर्ने बताए ।

अर्जुनधारा–१ का अर्का मृगौला बिरामीको पीडा पनि त्यस्तै छ । त्यसो त वडा नं. १० घर भएका अर्का पीडितले पनि डाइलोसिस मेसिनको माग गरेका छन् ।

राज्यले धेरै छुट दिए पनि गम्भीर रुपमा रहेका मृगौला पीडितहरुले मासिक रुपमा २० देखि २५ हजार रुपैयाँ खर्च गर्दा आर्थिक रुपमा पूरै नाङ्गि सकेको पीडा पोख्छन् ।

त्यसैले डाइलोसिस सेवा सञ्चालनको लागि एक कर्मचारी २ वटा डाइलोसिस मेसिन र एउटा सामान्य हल निर्माण गरे नगर सरकार धन्यको पात्र हुने पीडितहरुको भनाई छ ।

कतिपय पालिकाले डाइलोसिस मेसिन राखेर सेवा प्रदान गर्दै आएका छन् । अर्जुनधाराले त्यति सामाग्री राख्न सक्छ ।

मृगौला पीडितहरुको मागलाई मध्यनजर राख्दै नगरले डाइलोसिस मेसिन राख्ने योजना बनाउँदै गएको अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले यलम्वर टाइम्सलाई प्रतिक्रिया दिँदै चाँडै त्यसतर्फ स्थानीय सरकार जुट्ने बताए