झापा नाटक घरका लागि सहयोग आउने क्रम जारी « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

झापा नाटक घरका लागि सहयोग आउने क्रम जारी


यलम्वर टाइम्स
११ माघ २०७७, आईतवार ०९:४८

बिर्तामोड / झापाको बिर्तामोड–१ देवीपञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माण भइरहेको बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सह संयोजक कुमार भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष दिपेन्द्र राउतले झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई उक्त रकम प्रदान गरेका थिए ।

सोही कार्यक्रममा तत्कालीन गोलघाप गाविसका अध्यक्ष तथा सामाजिक अभियन्ता बिर्तामोड निवासी नारायण पोखरेलले ५१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई पोखरेलले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष दिपेन्द्र राउतले क्षितिज नाट्य समूहले अगुवाई गरेर सरकारले समेत बनाउन नसकेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरेको भन्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आफूले उक्त रकम प्रदान गरेको बताए ।

त्यस्तै सामाजिक अभियन्ता नारायण पोखरेलले बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूले रकम प्रदान गरेको बताए ।

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघ झापाका महासचिव सुवास भट्टराई, झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेस सापकोटा, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

सोही कार्यक्रममा अपराध अनुसन्धान महाबिद्यालय काठमाडौबाट सरुवा भई इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मेवारी सम्हाल्न आएका डीएसपी सन्तोष आचार्य र भर्खरै सरुवा भई आएका इनिस्पेक्टर बिजय कार्कीलाई स्वागतसहित कार्यकाल सफलताको शुभकामना दिइएको थियो ।

कार्यक्रममा क्षितिज नाट्य समूहका केन्द्रीय अधयक्ष तथा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको पचास प्रतिशत निर्माण भइसकेको जानकारी दिए ।

उनले झापा नाटकघरको क्षेत्रफल विस्तारका लागि जमिन अभाव भएकाले संस्थाले जमिन खरिदका लागि एक धुर क्षेत्रफलको जग्गा बरावरको रकम एक लाख एक हजार रुपैयाँ अभियान चलाएकाले त्यसमा सहभागी हुन सवैलाई आग्रह गरे ।

कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए भने कलाकार देबीमाया प्रसाईंले राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूहका केन्द्रीय अधयक्ष तथा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले गरेका थिए ।