जनमुक्ति अर्जुनधाराले ३० औं स्थापना दिवस मनाउने « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

जनमुक्ति अर्जुनधाराले ३० औं स्थापना दिवस मनाउने


यलम्वर टाइम्स
३ माघ २०७७, शनिबार ०३:१३

अर्जुनधारा । पहिचान सहितको संघीयता र समानुपातिक प्रतिनिधित्वलाई वकालत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको ३० औं स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ ।

पार्टी केन्द्रीय समिति लगायत देशभर नै एकै पटक स्थापना दिवस मनाउने पार्टीको जानकारी अनुसार अर्जुनधारा नगर परिषदले पनि माघ ६ गते ३० औं स्थापना दिवस मनाउन लागिएको परिषदका अध्यक्ष राज खम्बूले बताए ।

अध्यक्ष खम्बूका अनुसार माघ ६ गते मंगलबारका दिन पार्टीको नगर कार्यालयमा ३० वटा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइनेछ भने कार्यालय अगाडि पार्टीको झण्डा झण्डोत्तलनको कार्यक्रम रहेको छ ।

सोही दिन पार्टीका सक्रिय कार्यकर्ताका बिच सालबारी स्थित किरात राई यायोक्खाको साकेला थानमा पार्टीको समिक्षा, अन्तरक्रिया र कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिने नगर अध्यक्ष खम्बूले बताए ।

कार्यक्रममा नगरभरिका दुई सय बढी सक्रिय कार्यकर्ताको सहभागिता रहने उनले जनाए ।