ग्रिननेरी भवनमा अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

ग्रिननेरी भवनमा अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा


यलम्वर टाइम्स
२८ पुष २०७७, मंगलवार १२:४६

कैदले । अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा मंगलबारदेखि सुरु भएको छ ।

खुदुनाबारीस्थित कैदले फाल्गुनन्द ग्रिननेरी भवनमा आयोजित नगर सभाको उद्घाटन प्रदेश नं. १ का सांसद् वृख प्रधानले गरेका थिए ।

नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार आगामी माघ ६ गतेसम्म विभिन्न चरणमा बैठक सञ्चालन हुने उक्त सभामा आठ वटा विधेयक पेश गरिएको छ ।

त्यसरी पेश गरिएको विधेयकहरुमा अर्जुनधारा नगरपालिकाको सहकारी विधेयक, अर्जुनधारा नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, अर्जुनधारा नगरपालिकाको शिक्षा विधेयक, अर्जुनधारा नगरपालिकाको संस्था दर्ता विधेयक रहेका छन् ।

त्यस्तै अन्य विधेयकहरुमा अर्जुनधारा नगरपालिकाको नगर प्रहरी व्यवस्थापन विधेयक, अर्जुनधारा नगरपालिकाका नगर कार्यपालिकाको निर्णय वा आदेश वा अधिकार पत्रको प्रमाणीकरण (व्यवस्थित गर्ने कार्यविधि) विधेयक, अर्जुनधारा नगरपालिकाको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण विधेयक र अर्जुनधारा नगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन विधेयक रहेका छन् ।

कार्यक्रममा नगर सभा सदस्य सुशिला सुवेदी, माधव आचार्य र जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यराज कट्टेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सोही सभामा वस्तु तथा सेवा उपभोक्ता महासंघका अध्यक्ष एवम् ‘भान्सा नै औषधालय’का अभियन्ता रोमलाल गिरीले अभियानका विषयमा जानकारी गराएका थिए । सभाको सञ्चालन सूचना अधिकारी हिमराज सेंढाईंले गरेका थिए