साहित्य चौतारी झापामा परियार

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाको बन्द सत्रले परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टिका भट्टराई नेपाल, तुलसीप्रसाद भट्टराई, रिता उप्रेती संग्रौला, केपी घिमिरे र चित्रा पौडेल कोइराला रहेका छन् ।

साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको थियो ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष टंक काफ्ले विकल्पको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीततर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाका सचिव दिलीप घिमिरेले गरेका थिए ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd