गाउँबस्तीमा नेकपाका कार्यकर्ता निराश « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

गाउँबस्तीमा नेकपाका कार्यकर्ता निराश


यलम्वर टाइम्स
१५ पुष २०७७, बुधबार ०९:२५

अर्जुनधारा । केही महिनादेखि आन्तरिक कलहमा उभिएको नेकपा अन्ततोगत्वा विभाजन भएपछि कार्यकर्ता निराश हुन पुगेका छन् ।

पुष ५ गतेबाट ओली र प्रचण्ड–नेपाल औपचारिक रुपमा विभाजनसँगै कार्यालय हडप्ने होडबाजीमा उत्रिएका छन् । शुक्रबार प्रचण्ड–नेपालको समूह माईतीघर मण्डलामा शान्तिपूर्वक संसद पुनस्र्थापनाको मागसँगै सडकमा देखिएका छन् ।

यता अर्जुनधारामा भने दुवै पक्ष नदेखिने नेकपाका प्रेमसागर सापकोटाले बताए । स्वार्थका लागि दुई गुट विभाजन भए पनि त्यसको हावाले अर्जुनधारालाई नछोएको बताए ।

उता सचिव राजु शेर्माले पार्टी विभाजनका विषयलाई लिएर कुनै छलफल र बैठक नबसेको जनाए । एक ओली निकट पत्रकारले झापामा ओली पक्षको बहुमत भएको आफ्नो उल्लेख गरे पनि झापामा प्रचण्ड–नेपालको पनि दरबिलो कार्यकर्ता रहेको बताइएको छ ।

प्रदेश नं. १ पार्टीका इन्चार्जहरुले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गर्दै केपी ओलीले विगत केही समययता पार्टी एकताका वैचारिक, राजनीतिक आधार र भावनाहरुमाथि गम्भीर प्रहार गर्दै पार्टीको सर्वस्वीकृत संगठनात्मक सिद्धान्त, विधि र प्रविधिमाथि ठाढो धावा बोलेर पार्टी, जनता र मुलुकमाथि समेत अनुत्तरदायी, गैरजिम्मेवार र चरम व्यक्तिवादी गतिविधिहरु गर्दै आएको बताएका थिए ।

ति तमाम् विषयमा पार्टीभित्र गम्भीर छलफल, बहस, समिक्षा र रुपान्तरण अभियान चलिरहेकै अवस्थामा पार्टीलाई छल्दै असंवैधानिक प्रतिगामी शक्तिको आडमा पार्टी विभाजन गरेको आरोप लगाउँदै विज्ञप्ती प्रकाशित गरेको छ ।

पार्टी औपचारिक रुपमा विभाजन भएर तल्लो स्तरमा आएसकेपछि ओली पक्ष र प्रचण्ड–नेपालबीच कार्यकर्ता गाउँस्तरसम्म तानातान गर्न लागेको देखिएको छ ।

कतिपय कार्यकर्तालाई लोभलाल्चा देखाएर ओली पक्षले आफ्नो बनाउन प्रयास गरिरहेका छन् भने प्रचण्ड–नेपालले भ्रमको खेती गर्दै अगाडि बढेको ओली पक्षसँग नलाग्न आग्रह गर्दै आएको छ ।