आज उधौली पर्व मनाइदै « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

आज उधौली पर्व मनाइदै


यलम्वर टाइम्स
१५ पुष २०७७, बुधबार ०८:२९

अर्जुनधारा । किरातीहरुको महान पर्व उधौली आज विविध कार्यक्रम गर्दै मनाइदैछ । विशेष गरि आफूलाई किरात भन्न रुचाउने जाति राई, लिम्बू, याक्खा र सुनुवारले यो पर्व हर्षोउल्लासका साथ मनाउने गर्छन् ।

मार्ग शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्वलाई किरात राई समुदायले उधौली साकेला, लिम्बू समुदायले चासोक तङ्नाम, याक्खाहरुले चासुवा र सुनुवारहरुले फोलस्यादर भनि मनाउने गर्छन् ।

उभौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा ढोल, झ्याम्टा, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाच्ने गर्दछन् ।

कोरोनाका कारण उधौली पर्व धुमधामका साथ भिडभाड गरेर नमनाइए पनि स्वास्थ्य मापदण्ड अपनाउँदै कम भिडभाडका साथ मनाइएको छ ।

झापाको शनिश्चरे, खुदुनाबारी, दूधे, झिलझिले, दमक लगायतका विभिन्न स्थानमा आफ्नो थानमा गई प्रकृति, कूल पितृको आरधना गर्दै मनाईको छ ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याउने खुशीयालीमा मनाइने चलन रहेको छ ।