क्षितिज संगीत साधना प्रतिष्ठान झापाको अध्यक्षमा पोखरेल « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

क्षितिज संगीत साधना प्रतिष्ठान झापाको अध्यक्षमा पोखरेल


यलम्वर टाइम्स
१४ पुष २०७७, मंगलवार ११:०८

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका बीच क्षितिज संगीत साधना प्रतिष्ठान झापाको गठन गरिएको छ ।

बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिवेशनले निरज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय क्षितिज संगीत साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो ।

क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको उपाध्यक्ष पवित्रा ओली, महासचिव जीतेन्द्र श्रेष्ठ, सचिव सुजन शिवाकोटी, कोषाध्यक्ष गोविन्द रपाल रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा निमेश शिवाकोटी, पुष्पा प्रणामी, मणी वर्देवा, अर्जुन खरेल, राजकुमार गुरुङ, ज्ञानीकुमार खड्का, धुव्रराज कडरिया, किरण कन्दङ्वा रहेका छन् । समितिको दुई जना सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

उक्त समिति चयन गर्नका लागि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी संयोजक र बिर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल र न्यायीक समिति सदस्य यमुना आचार्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

उक्त निर्वाचन समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार झापा नाटक घरमा हुने कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाइनुका साथै प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नचानु विष्णु श्रीजंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए ।