लिङ्देनको स्वास्थ्यमा गणतन्त्रवादी र राजावादीको चासो « Yalambar Times
५ बैशाख २०८१, बुधबार

लिङ्देनको स्वास्थ्यमा गणतन्त्रवादी र राजावादीको चासो


यलम्वर टाइम्स
२७ मंसिर २०७७, शनिबार ०४:३३

अर्जुनधारा, २७ मंसीर । निमोनियाका कारण अस्वस्थ हुन पुगेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको स्वास्थ्यको विषयलाई लिएर गणतन्त्रवादी र राजावादी गम्भीर चासोको रुपमा लिएका छन् ।

झापा क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र विजय उम्मेद्वार लिङ्देनलाई केही दिनअघि निमोनिया देखापरेको थियो ।

विकास प्रेमी, प्रखर वक्ताको रुपमा परिचित लिङ्देन विहीबार अचानक अस्वस्थ हुन पुग्दा नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाण्डौको मेडिसिटी अस्पतालमा राखिएको छ ।

सांसद लिङ्देन अचाक अस्वस्थ भएको सन्देश पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

गणतन्त्र पक्षधरका प्रधानमन्त्री ओलीले लिङ्देनको उपचारमा कमी नआउन सन्देश अस्पताललाई दिए लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले लिङ्देनको स्वास्थ्यको विषयलाई लिएर चासो व्यक्त गरेका छन् ।

पूर्व राजाका निजी सचिव सागर तिम्सीनाका अनुसार भेट्न सम्भव भए राजा आउने सन्देश लिङ्देनका श्रीमतीलाई दिएको परिवारबाट थाहा भएको छ ।

लिङ्देनले केही दिनअघि झापामा बृहत र्याली समेत गर्दै राज संस्थाका विषयमा आफ्ना धारणा राखेका थिए ।

परिवारिक सुत्रका अनुसार लिङ्देनको स्वास्थ्यमा पूर्ण सुधार हुँदै आएको पनि जनाइएको छ ।