शनिबारबाट अर्जुनधारा फिटनेश सञ्चालनमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

शनिबारबाट अर्जुनधारा फिटनेश सञ्चालनमा


यलम्वर टाइम्स
२७ मंसिर २०७७, शनिबार ०४:०८

 

शनिश्चरे, २७ मंसीर । स्वास्थ्यलाई मध्यनजर राख्दै अर्जुनधारा क्षेत्रका सचेत युवाहरुले अर्जुनधारा फिटनेश आज (शनिबार)बाट सञ्चालनमा ल्याएका छन् ।

शनिबार बिहान फिटनेशको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले नगरको गौरवको रुपमा रहेको यस फिटनेश सेन्टरले कुलतबाट बच्नका लागि ठूलो टेवा पुग्ने बताए ।

शरीर स्वास्थ्य रहे सबै चीज स्वास्थ राख्न सकिन्छ यस फिट्नेश सेन्टरको सन्देश युवातर्फ केन्द्रीत हुँदै स्वास्थ नगर बनाउन सकोस् भनी शुभकामना दिएका थिए ।

अर्जुनधारा क्षेत्रका विकास खड्का, मनोज गोम्देन, विजय सेन्दाङ, अभिषेक बराल, कृष्ण तामाङ, सुशिल बुढाथोकी, राघव थापा, जीवल थापा, विशाल भण्डारी, प्रदिप खड्का लगायतका युवाहरुले ५० लाख मूल्य बराबरको फिटनेशका सामग्री खरिद गरि सञ्चालनमा ल्याएका हुन् ।

फिटनेशका सञ्चालक मनोज गोम्देनका अनुसार प्रत्येक वडाबाट गरिबीका रेखामुनी रहेका एक÷एक जना खेलाडीहरुका लागि निःशुल्क सेवा दिने बताउँदै पुरुष र महिलाको लागि पनि सेवा रहेको जानकारी दिए ।

महिलाहरुको लागि मासिक ५ सय र पुरुषहरुका लागि एक हजार रहेको पनि सञ्चालक गोम्देनले जानकारी दिए । फिटनेशमा चेस्ट, पेट, कार्डियो लगायतको प्रशिक्षण प्रदान गरिने समेत बताए ।

अर्का सञ्चालक विजय सेन्दाङका अनुसार यस फिटनेश सेन्टरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभिलासा रहेको जनाउँदै प्रशिक्षकको रुपमा सुनिल बुढाथोकी र मनोज गोम्देन रहेको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा साउथ एसियन च्याम्पियनका खेलाडी उमेश राई (जीवन) र नेशनल च्याम्पियन राम धिमाल र ग्यालेक्सी जिम हाउसका चन्द्र राना लाफा, सन्दिप शेर्मा, अर्जुनधारा खेलकुद समितिका संयोजक अर्जुन मेचे, सशस्त्र प्रहरीका गौतम योञ्जन, प्रहरी चौकी शनिश्चरेका प्रमुख सूर्यबहादुर बस्नेत, ट्राफिकका गोकुल आचार्य, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतको आतिथ्य रहेको थियो ।