उदयशीलको १३ औं साधारणसभा सम्पन्न, शेयर पूँजी २२ प्रतिशतले वृद्धि « Yalambar Times
८ बैशाख २०८१, शनिबार

उदयशीलको १३ औं साधारणसभा सम्पन्न, शेयर पूँजी २२ प्रतिशतले वृद्धि


यलम्वर टाइम्स
२२ मंसिर २०७७, सोमबार ०८:४०

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका बीच आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

१ नम्वर प्रदेश सहकारी संस्थाका सचिव भवानी प्रसाद दंगालको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष्य राधा राईको अध्यक्षतामा सहकारीले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सुनसरीको इनरुवामा २५ जना शेयर सदस्यहरुबाट सस्था दर्ता गर्दै सहकारी गतिविधि सञ्चालन शुरु गरेको सहकारीमा हाल २ हजार १ सय ९४ जना शेयर सदस्य रहेको बताइएको छ ।

६१ लाख ७० हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा गत आर्थिक वर्ष २०७६÷२०७७ असार मसान्त सम्ममा २२ दशमलव ४७ प्रतिशतले शेयर रकम वृद्धि भएको छ ।

एक करोड सात लाख १७ हजार ६७ रुपैयाँ वचत निक्षेप रहेको सहकारीमा अघिल्लो आर्थिक वर्ष ६ लाख ५९ हजार ६ सय ५२ रुपैयाँ वृद्धि भई संस्थाको निक्षेप एक करोड १३ लाख ७६ हजार ७ सय १९ रुपैयाँ पुगेको संस्थाकी अध्यक्ष राईले बताइन् ।

संस्थामा कुल कोष ३३ लाख ६९ हजार ४ सय २५ रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ लाख २७ हजार २ सय ४३ रुपैयाँ, जोखिम कोषमा ५ लाख १९ हजार ७ सय ५४ रुपैयाँ र अन्य कोषमा १६ लाख २२ हजार ४ सय २८ रुपौयाँ ५१ पैसा रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा शेयर पूँजी वृद्धि गर्दै एक करोड शेयर पूँजी पु¥याउने लक्ष्य लिएको अध्यक्ष राईको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीकी उपाध्यक्ष भीमकुमारी लिङ्देनले स्वागत गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दंगालले सहकारी क्षेत्रमा महिलाको उपस्थिति धेरै भएपनि नेतृत्व तहमा थोरै मात्र महिला पुगेको बताएका छन् ।

उनले महिलालाई नेतृत्व दिन्छु भन्दा पनि थोरै महिला मात्रै अग्रसर हुने बताउँदै उदयशील महिला सहकारीमा महिलाको सक्रियता उल्लेख्य रहेको प्रति प्रशंसा व्यक्त । कार्यक्रमको सञ्चालन कल्पना अधिकारीले गरेकी थिइन् ।