अर्जुनधाराको सहकाले विकासको चरणमा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधाराको सहकाले विकासको चरणमा


यलम्वर टाइम्स
२२ मंसिर २०७७, सोमबार ०८:१४

सहकाले । अर्जुनधारा नगरपालिका–२ स्थित दुर्गम अवस्थामा रहेको सहकाले बस्तीमा विकासको क्रम अगाडि बढिरहेको छ ।

बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस भनेर बाल शिक्षा कक्षाको तयारी गरिएको छ भने स्वास्थ्य सेवाको लागि भवनसमेत निर्माण भएको छ ।

नगरकै अत्यनतै विकट र दुर्गम क्षेत्रको रुपमा रहेको सहकालेमा बाल शिक्षाको तयारी गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय ३ देखि ५ बर्ष सम्मका बालबालिकालाई शिक्षा लिनकालागि २ घण्टा पैदल हिंडेर गांजाबारी तथा इलामको रोङ गाउँपालिकाको बदमटार स्कुल जानु पर्ने बाध्यता थियो ।

आईतबार त्यो बाध्यतालाई अन्त्य गर्दै अर्जुनधारा नगरपालिकाले बालकक्षा तयारी गरेको छ । स्थानीय सरकार निर्माण भए पश्चात अनुगमन र अवलोकनमा पुगेको नगरपालिकाले हाल सहकालेका १९ घर परिवारका लागि बिजुली बत्ती, खानेपानीसँगै बाटो निर्माण गरिसकेको छ ।

झापाको उत्तरी क्षेत्रमा पर्ने सहकाले जिल्लाकै उच्च स्थान भएको नगरका प्रशासकीय प्रमुख महेन्द्र खाम्याहाङले जानकारी दिए । अवलोकन पश्चात नगर प्रमुख हरिकुमार रानाले यस क्षेत्रका जनता स्वास्थ्य र शिक्षामा दुःख नपाउन भनी बाल शिक्षा र स्वास्थ्यका सेवाहरु प्रदान गरिएको बताए ।

सोही दिन बाल शिक्षा र स्वास्थ्यका लागि रेखदेख समिति समेत निर्माण गरिएको थियो । समितिको अध्यक्षमा बलबहादुर मगर, उपाध्यक्ष धनबहादुर बस्नेत, सदस्य निशा राई, योगमाया समाल र सदस्य सचिवमा अञ्जु सावा लिम्बू रहेका छन् ।

यसरी नै बाल शिक्षा सञ्चालन तथा व्यवस्थापन समितिमा अध्यक्ष बलबहादुर समाल मगर, उपाध्यक्ष कुलबहादुर तामाङ, सदस्यमा मुना बस्नेत लिम्बू, शुकमाया लिम्बू तामाङ र सदस्य सचिवमा कमला तामाङ रहेका छन् ।

स्वास्थ्य सेवा अन्तर्गत गाउँघर क्लिनिकका लागि प्रत्येक महिनाको १४ गते ११ बजेबाट २ बजेसम्म सञ्चालन गर्ने र बाल शिक्षाको लागि कमला तामाङलाई जिम्मा लगाईको छ ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष रघुनाथ खनाल, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, पशु शाखा प्रमुख पदमलाल राई, कृषि शाखा प्रमुख उर्मिला राजवंशी, शिक्षा शाखाबाट समिरा दाहाल, नगरका प्राविधिक छविरमण पोखरेल, बोर्ड सदस्य सकुन्तला बराल, वडा नं. ८ का सदस्य सुशिला सुवेदी, वडा नं. २ का सदस्य उत्तम मगर, कारितास नेपालका विमला लामा लगायतको सहभागिता रहेको थियो ।