अर्जुनधारामा बुधबार शोक बिदा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधारामा बुधबार शोक बिदा


यलम्वर टाइम्स
९ मंसिर २०७७, मंगलवार ०९:१५

 

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बुधबार सार्वजनिक रुपमा शोक बिदा गर्ने भएको छ ।

यसै नगरका वडा नं. ५ का वडा सदस्य तथा जनपक्षीय नेता कुन्दन भट्टराईको कात्र्तिक २८ गते उपचारको क्रममा देवासन भएको कारण नगरपालिकाले ११ वटै वडा र नगरपालिकाले शोक बिदा गर्ने भएको हो ।

नगरपालिकाले ५ दिन अघिबाट कार्यालयको मुख्य द्वारमा शोक पुस्तिका राख्दै समवेदना प्रकट गर्दै आएको छ भने भट्टराईको निजी निवासमा पुगी श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेको छ ।

लामो समयदेखि परिवर्तनका आन्दोलनमा उभिएर कम्युनिष्ट विचारबाट अगाडि बढेका भट्टराई यसअघि गुठी संस्थाका महाप्रबन्धक साथै अर्जुनधारा गाविसको अध्यक्ष समेत रहेका थिए ।

उनको योगदानलाई उच्च मुल्याङ्कन गर्दै नगरले शोक बिदा प्रदान गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

बुधबार बिहानै १० बजे उनको तस्वीरमा पुष्प अर्पण गर्दै बिदा गरिने समेत प्रमुख रानाले जानकारी दिए ।