कोरोनाको औषधी गाउँमै « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

कोरोनाको औषधी गाउँमै


यलम्वर टाइम्स
९ मंसिर २०७७, मंगलवार ०६:२०

नेपाललाई प्रकृतिको भण्डार त्यसै भनिएको होइन । जहाँ चिसो, खुला, वनजंगल र खोलानालासँगै प्रशस्त पहाड, हिमश्रृङ्खला भएको ठाउँ नेपाल भएकोले प्रकृतिको भण्डार भनिएको हो । धर्मशास्त्रले पनि धनवन्तरी पूजापाठ गरिने ठाउँ पनि नेपाल नै भएको हुनाले यस क्षेत्रमा मानव जातिलाई चुस्त, फूर्तिलो र रोगव्यधबाट हटाउने तत्व पनि प्रकृतिकै शीत भण्डारमा पाइने भएको हुँदा ऋषिमुनीहरुले पनि ओखतीको भण्डार नेपाल हो भन्दै आएका थिए । नेपालमा औषधी विज्ञान (आयुर्वेद) शाखाले धेरै रोगका ओखती नेपालका वनजंगलमा पाइने गरेको पुष्टि गरेको छ । भारतका प्रख्यात योगा गुरु रामदेवले पनि नेपाल औषधीको भण्डार भएको राष्ट्र भनेर प्रस्ट्याइसकेका छन् । त्यसैले नेपालका लागि आचार्य बालकृष्णलाई रामदेवले आफ्नो चेला बनाएर अगाडि बढाएका हुन् ।

औषधीको भण्डार नेपाल भएकै कारण आचार्य बालकृष्णमार्फत नेपालमा पनि योगा गुरु रामदेवले विभिन्न उत्पादनहरु निर्माण गरि बजारमा ल्याएका छन् । उसबेला नेपाल भ्रमणमा आएका योगा गुरु रामदेवले क्यान्सरदेखि टाउँको दुखेकासम्मका लागि औषधी नेपालमै निर्माण गर्न सकिने प्रस्ट्याएका छन् । विदेशीले नेपालमा देखिने औषधीका प्रकार नेपालकै वनजंगलमा पाइने भएको हुँदा कतिपय औषधीका लागि प्रयोग हुने जडिबुटीहरु रातारात भारत निकासी हुने गरेको पनि छ । त्यसैले वर्तमान समस्याको रुपमा देखिएका कोरोना संक्रमणका लागि प्रयोग हुने औषधी नेपालमै प्रशस्त भएको पाइन्छ ।

कोरोना आफैमा संक्रमणकारी रोग भएको हुँदा यो रोग चिसो मौसममा बढी फैलिने भएका कारण यसका लागि उपयुक्त ओखती गुर्जो, हर्रो, बर्रो, दालचिनी, जेठी मधु, तुलसीको पत्ता, बोजो, अमला र मह भएको गाउँका पाकाहरुले भन्न थालेका छन् । पछिल्लो पटक आयुर्वेदले पनि गुर्जो, जेठी मधु, अदुवा, सयपत्री फुल र मह उमालेर त्यसको रस पिउँदा कोरोना लागेका मानिसहरुलाई रोगबाट बचाउन सकिने तर्क निकालेका छन् । अधिकांश आयुर्वेदका वैद्य तथा निरीक्षकले गाउँले जडिबुटी नाम ति माथिकै उल्लेख गर्ने गरेका छन् । यी माथिका जडिबुटी नेपालका जंगलमा प्रशस्त पाइने भएको हुँदा कोरोना संक्रमण देखापरे गाउँमै पाइने औषधीलाई प्रयोग गरे कोरोनाबाट बच्न सकिन्छ । कोरोना आफैमा संक्रमण भएको हुँदा सुख्खा खोकी चल्नु, टाउँको दुख्नु, हात खुट्टा दुख्नु र विस्तारै स्वाद हराउनु चिसोसँगै धुवाँ धुलोको मुख्य कारण हो । त्यसैले दैनिक जसो माथि उल्लेखित जडिबुटी उमालेर पिउनाले कोरोना संक्रमणलाई परास्त गर्न सकिने आयुर्वेद ज्ञाताहरुको भनाइ छ । त्यसकारण कोरोनाको औषधी गाउँघरमा पाइनेलाई नै बढी प्रयोग गरि होम आइशोलेसनमा रहेको खण्ड निको हुन सक्छ । त्यसतर्फ ध्यान दिऔं ।