अत्याउने कार्य बन्द गरौं « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अत्याउने कार्य बन्द गरौं


यलम्वर टाइम्स
२८ कार्तिक २०७७, शुक्रबार ०८:१७

मुलुक महामारीमा छ । यो सबैलाई थाहा भएकै कुरा हो । यो संक्रमणकालिन महामारीबाट कसरी जोगिने र कसरी दैनिक जीवनयापन गर्ने भन्ने चिन्ता पनि त्यतिकै छ । त्यसमा पनि मौसम परिवर्तनले मानिसलाई रुघा खोकी ज्वारो र हात खुट्टा गल्ने र कटकट खाने जस्ता हैजाले थप पिरोलिरहेको अवस्था छ । यी पीडाबाट मानिस थला पर्यो भने अनावश्यक चर्चासँगै कोरोनाले छोप्यो भन्ने अफवा सुरु हुन्छ ।

सधै निस्कने मान्छे के भयो त ? गाउँघरमा चर्चा चल्न थाल्छ । अझ बिरामीको चापले छोयो भने त ला ! फलनाको घरमा त कोरोनाले हैरान पारेछ भन्ने खासखास खुसखुस चल्ने गर्छ । कोरोना भनेको के हो ? पीडित पक्षलाई नै थाहा हुँदैन तर बाहिर अनावश्यक हल्ला चलाईदिएर हैजाबाट पीडित बनेका मनोबल र त्यस घर परिवारलाई अछुतो बनाउने काम सुरु हुन्छ ।
हो महामारीबाट सचेत हुनुपर्छ तर, सामान्य ज्वरो आइर ओछ्यान पर्यो भने कोरोना प्रमाणित नै नभई कोरोना लाग्यो भन्दै अफवा फैलाउनु मानवीयता विपरित हुन जान्छ । आज अधिकांश मानिस कोरोनाका कारण मृत्युवरण गरिरहेका छन् । ५० प्रतिशत मानिस निको भएर घर फर्केका छन् । केही कोरोनालाई जित्न उच्च मनोबल बनाई औषधी उपचार गरिहेका छन् । तर, गाउँघरमा अनावश्यक हल्ला फैलाएर संक्रमितहरुलाई अझ पीडा दिएर स्वर्गकै सिढीमा उभ्याउने खास खुसे चर्चा नगरेकै उचित हुन्छ ।

कोरोना संक्रमण हुने मानिसको अवस्था र मौसम परिवर्तन हुने बेला आउने हैजाको अवस्था फरक छ । कोरोना रोग विशेषज्ञको भनाई अनुसार घाँटी दुख्नु, स्वाद थाहा नपाउनु, एक सयभन्दा बढी ज्वरोले ३÷४ दिन थलिनु, हात खुट्टा आफ्नो जस्तो नहुनु, निमोनिया देखापर्नु कोरोनाको लक्षण हो । तर, केही टाउँको दुख्नु, ज्वरो आउनु, रुघाखोकी लाग्नु, हातखुट्टा कटकट खानु कोरोना ठानिदैन । यो मौसम परिवर्तनका बेला आउने हैजा हो । यसो हुँदा चिया चमेना गृहमा अनावश्यक हल्ला गरेर हैजामा थलिएका बिरामीहरुलाई कोरोनाको संज्ञा दिएर मनोबल गिराई अझ पीडा दिने कार्य जो कोहीले गर्छ भने त्यसलाई सजाय आवश्यक छ । कोरोनाका नाममा सचेत र सजग गराउनेतर्फ नभई धमिल्याएर मजाक उडाउने जो कोहीलाई समाजले नै चिनेर निरुत्साहित बनाउनु आज आवश्यक छ ।

हामी नेपालीले देखा परेका धेरै हैजाहरुसँग सामाना गर्दै आएका छौं । कोरोना पनि एक प्रकारको हैजा नै भएको हुँदा लागिहाले पनि आत्मबल दरो बनाई आउने सुनौलो दिनलाई सुनिश्चिता कायम गर्नेतर्फ लागौं । यसैमा जीत हुनेछ ।