कोरोनालाई जित्ने प्रयास गरौं « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

कोरोनालाई जित्ने प्रयास गरौं


यलम्वर टाइम्स
२३ कार्तिक २०७७, आईतवार ११:४५

कोरोना संक्रमणको दुःखद आक्रमण एकातिर छ भने वषौंदेखि मान्दै आएको महान् पर्व पनि हाम्रो सामु उभिएको छ । तुलानात्मक हिसाबले महान् पर्व भन्दा पनि कोरोना संक्रमणका कारण अझ पीडादायी हुने निश्चित छ । विगत दुईहप्ता यताबाट नेपालीहरुको मन कोरोना सन्त्रासले ढाकिएको छ । त्यसैबेला आउने महान पर्वलाई पनि रुन्चेभावबाट समाधान गर्नुपर्ने बाहेका अर्को विकल्प देखिन्न ।

हुन त वर्षौंदेखि मान्दै आएको पर्व हुने खानेका लागि राम्रै भए पनि हुँदा खानेहरु पनि राम्रैसँग मनाउन आ(आफ्नो बलबुतो प्रयोग गरेर मनाउने गर्छन् । वर्ग विशेष भिन्नता देखिए पनि चाडपर्वको समयमा बाँडीखाने र नहुनेलाई सहयोग गर्ने हाम्रो समाज भएको हुँदा कोरोना कहरले दुःख दिए पनि पर्वलाई सफल बनाउन नेपालीजन लाग्ने नै छन् । त्यसकारणले पनि जस्तोसुकै कष्ट आइपरे पनि चाडपर्व हर्षोउल्लासकै साथ बित्ने देखिन्छ ।

राज्यले संक्रमणकालिन अवस्था सिर्जित भइरहेको बेला मितव्यतासँगै कोरोना कहरबाट बच्न विषेश अनुरोध गरिरहेको देखिन्छ । त्यसैले आशिर्वाद थाप्न बाहिर जाने र बाहिरबाट आउने परिपाटीलाई यो वर्ष रोक्ने निर्णय नगरे पनि राज्यका मन्त्रीहरुले सभामार्फत भनिरहेका छन् । निर्णय नभए पनि सम्भावित दुर्घटनालाई रोक्न मठमन्दिरमा लगाईने देवीका पूजाआरधना समूहगत भेला भई रोक्न अनुरोध गरिरहेका छन् । समग्रमा घरैमा बसौं, घरैमा रमाऔं भन्ने सन्देशमा सरकार जुटिरहेको छ ।

कोरोना आफैमा संक्रमणकालिन भाइरस भएको हुँदा घरैमा बसेर यसलाई जित्न विभिन्न घरेलु ओखति सेवन गर्नु उपयुक्त र फलदायक भए पनि मानिसका अनगिन्ती व्यापार व्यवसायले आवतजावत गर्दा सर्ने रोग भएको कारण सचेत र सजग हुन बाहेक अर्को विकल्प देखिन्न । कोरोना भाइरस भएकालाई राज्यले गर्ने सेवा भए पनि पुर्याउन नसकिरहेको अवस्थाले गर्दा सर्वोच्च अदालतले समेत कोरोना सम्बन्धि सबै सेवा निःशुल्क प्रदान गर्न आग्रह गरेको छ ।

राज्य आफै सबैथोकको सेवा दिने भनेर २०७२ को संविधानमा समेत उल्लेख गरेको हुँदा संक्रमणकालिन समयमा आइपुग्दा स्वास्थ्यमा आइपर्ने समस्यामा जनतालाई दिनुपर्ने सेवा संकटमा छ भन्नु दुःखदायी कुरा हो । गाँस, बास, स्वास्थ्य र शिक्षा नेपाली जनताको नैसर्गिक अधिकार हो । यस अधिकारलाई उपयोग गर्न पाउनु आजको आवश्यकता पनि हो । ति आवश्यकतालाई पूर्ति गर्न नसक्नु सरकार यो बेला प्रश्न चिन्हको कटघरामा उभिएको छ ।

चाडवाडको समयमा जथाभावि हिंड्डुल, राति अबेरसम्म देउसी भैलो, मास्कबिना बजार आवतजावत, जथाभावि बसेर सेवन गर्ने परिपाटी र सामूहिक पूजापाठ जस्ता कार्यलाई सचेत भई घरैमा बसेको खण्डमा यो संक्रमणलाई अन्त्य गर्न मद्दत पुग्नेछ । त्यसैले लक्ष्मी माताले कोरोना संक्रमणलाई जित्ने शक्ति प्रदान गरुन् । दीपावलीको सबैमा शुभकामना