जातीय विभेद कोरोना भईदिए « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

जातीय विभेद कोरोना भईदिए


यलम्वर टाइम्स
८ कार्तिक २०७७, शनिबार ०६:२४

[नरेश खाती]

चीनको बुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड–१९ कोरोना भाईरसले त्राहिमाम बनाएको छ । विश्वका देशको अर्थतन्त्र डामाडोल बनाएको छ । लाखौको संख्यामा मानिसहरुको मृत्यु भएको छ । करोडौंको संख्यामा संक्रमित भएका छन् । हालसम्म वैज्ञानिकहरुले यसको कुनै औषधि बनाउन सकेका छैनन् । यसबाट बच्न मास्क लगाउनु, व्यक्तिगत दूरी कायम गर्नु नै आजको उत्तम उपाय भएको छ ।

आज म कोरोना भाईरसलाई जातीय विभेदसँग तुलना गर्दैछु । दक्षिण एसियामा विद्यामान रहेको छुवाछुत प्रथासँग जोड्न खोज्दैछु । र भन्दैछु कि यदि जातीय विभेद पनि कोरोना भइदिए । मानव मस्तिष्कमा लिसो जस्तै टाँसिएको जातीय विभेद, विश्वलाई सताउँदै आएको कोरोना भइदिए कस्तो हुन्थ्यो होला ? जातीय विभेदको शुरुवात पैतीस सय वर्ष अघि भएको मानिन्छ । कोरोनाले करिब आठ महिनादेखि सताउँदै आएको छ । सभ्य मानवलाई लाग्नसक्छ कि, यहाँ कोरोनाले सताएर कस्तो गाह्रो भएको छ । किन जातीय विभेद चाँहि कोरोना जस्तो खतरा भाइरस हुनुपर्ने । हामी कोरोनालाई कसरी भगाउँ भन्दैछौ । किन रोगमाथि रोग थप्नु पर्यो त ? यो त ‘पिडामाथि साप्रो जस्तो’ भएन र । तर म भन्दैछु यदि जातीय विभेद कोरोना भईदिए कति राम्रो हुन्थ्यो होला ।

केही हप्ता अघि मात्रै एक जान मित्रसँग भेट भएको थियो । मैले उनलाई सोधेँ, के छ हाल खबर ? उनले भने ‘के हुनु र सबै ठिक छ, तर कोरोना लागे हुन्थ्यो । सबै कोरोनाबाट बच्न कस्तो सचेत भएका छन् । उनको भने यस्तो खतरा मनसाय सुनेर अचम्म लाग्यो । मैले पुन सोधे ‘किन न नि, यस्तो भयानक मनोकाक्षां मित्र’ । उत्तरमा उनले भने ‘किन हुनु नि, कोरोना लागेर त मरिन्दो रहेनछ, कोरोना विमा गरेको छ, कोरोना लाग्यो भने, पैसा त पाइन्छ । उनले प्रष्ट्याउँदै भने, महामरीले रोजगारी खोसेर ज्यूँदै मरेतुल्य बनाएको छ । अरु उपाय के छ ? उनी रोगलेभन्दा पनि भोकले मर्नु पर्ने स्थिति आएको छ, भन्दै थिए ।

०७६ चैत ११ देखि देशमा कारोनाबाट बच्न सरकारले लकडाउन घोषणा ग¥यो । त्यस यता कोरोना संक्रमितलाई प्रशस्तै दुव्र्यवहार भए । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा आउन दिएनन् । कोठा छोड्न बाध्य बनाए । स्वास्थ्यकर्मीले कोठा पाउन छाडे । सुरुक्षामा खटिएका प्रहरीहरु घर आउन पाएनन् । उनीहरु पनि दुव्र्यवहारको शिकार भए ।

बिर्तामोडका एक परिचित दाईको परिवारमा दुई जना कोरोना संक्रमित भएका थिए । उनको घरमा छरछिमेकी कोही गएनन् । घर अगाडी झण्डा राखिएको थियो । १४ दिनसम्म घरभित्र बन्दक रहे ।मित्रहरुले फोनमार्फत स्वास्थ्य लाभको कामना गरे । तर घर अगाडीको बाटो हिड्ने कसैले आँट गरेनन् । उनले दुखेसो सुनाए । घर परिवारमा मृत्यु हुँदा त, सबै आउँथे तर परिवारको सदस्यको मृत्यु हुँदा भन्दा पनि धेरै पिडा हुँदो रहेछ यो अवस्थामा ।

कोरोनाले हाम्रो समाजको चेतना स्तर अवस्था एका(एक उजागर गरेको छ । हामीलाई थाहा भयो,हाम्रो चेतना स्तर बढेको रहेनछ । कारोना संक्रमितको घरमा छरछिमेकीहरु जान छाडे । संक्रमितको मृत्यु हुँदा मलामी गएनन् । मृतकका घरमा समवेदना प्रकट गर्न इष्टमित्र गएनन् । कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुलाई १४ दिन क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनबाट कोरोना नेगेटिभ भएर घर फर्केका व्यक्तिहरुलाई गाउँबाट निकाल्न गाउँलेहरु लागे । स्वयम परिवारका सदस्यहरु नै त्रसित भए । माइत गएका चेली घर फर्कन पाएनन् । गाउँबाहिरबाट कोही आए क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइयो । कोरोना विश्वबाट कहिले उन्मूलन हुने हो भनेर सबै सर्तक हुन थाले । अर्थात विभेद,बहिष्करणको मात्रा ह्वातै बढेर गयो ।

दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश जातीय विभेद तथा छुवाछुत व्याप्त छ । विश्वमा विषेश गरी जहाँ–जहाँ हिन्दू धर्म मान्ने मानव समुदायको बाहुल्यता छ, त्यहाँ–त्यहाँ यो क्रम बढ्दो छ । वर्ण व्यवस्थामा आधारित यो अमानविय प्रथा पैतीसय वर्ष अघि शुरु भएको भनिन्छ । सँगै पच्चीस सय वर्ष अघि बुद्धले जातीय विभेद तथा छुवाछुतको विरोध गरेका थिए । अमानवीय प्रथाका विरुद्ध मानवताका पक्षधरहरुले धेरै समय अघि देखि आवाज उठाउँदै आएका थिए ।

जति(जति समय बित्दै गयो त्यति(त्यति जातीय विभेद तथा छुवाछुत झनै चर्को,अमानविय बन्दै आएको देख्न सक्छौ । छुवाछुत प्रथा त बिस्तारै अन्त्य हुने कुरा हो । समयले आफै हटाउँछ । एक,दुई पुस्तापछि आफै सकिएर जान्छ । सभ्य भनिएका,पढेलेखेका व्यक्ति नै यसो भनेर आफू बाँचुन्जेल यस्ता अमानवित प्रथा बचाउँदै,आफू उच्च भईरहन चाहन्छन् ।

नजिकको छिमेकी, हैतेसी, मित्र, भर–अभरमा चाहिने, पुस्तौँ पुस्ताको गाउँले दलित समुदायलाई अमानवित व्यवहार गरेर कथित जातीय अंकारलाई बचाइरहन चाहन्छन् । कथित उच्च जातिका मानव आफ्ना छोराले दलित बुहारी ल्याए, छोरी कथित दलितसँग विवाह गरे आजीवन नाता तोड्न तयार हुन्छन् । यसको एक मात्र कारण उच्च जातीय अंहकार नै हो ।

जब मुलुकमा कोरोना विरुद्ध सतर्कता अपनाउन थालियो । तब सरकार,नागरिक समाज, पत्रकार, मिडियाले कोरोनाका बारेमा व्यापक प्रचार प्रसार गरे । जनतालाई कोरोनाबाट बचाउँन सरकारले नीति नियम बनायो । श्रमजीवी जनता भोकै नमरुन भनेर राहत बाँड्न थालियो । तीन तहका सरकार कोरोना विरुद्ध एक भएर लागे । कोरोना संक्रमितलाई निःशुल्क उपचार व्यवस्था गरे । होल्डीङ्ग सेन्टर, क्वारेन्टाइन निमार्ण गरियो । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले कोरोनाबाट बच्न स्पेशल प्याकेज बनाएर काम थाल्यो । उच्च सतर्कता अपनाइयो । प्रहरी प्रशासन चुस्त बनाउने काम भयो । सरकारले राम्रोसँग काम गर्न नसके पनि, गर्ने प्रयास भने गरेको छ ।
कोरोना विरुद्ध यति विध्न प्रयास हुने थिएन होला । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए । यदि गरिबलाई मात्र लाग्ने भाइरस भएदिएको भए । सीमान्तकृत समुदायलाई मात्रै लाग्ने भए । सरकारमा बसेकालाई नलाग्ने भए । तर यो भाइरस त्यस्तो रहेन । राजनीतिक भाषामा भन्दा एक खाले समाजवादी अर्थात सबैमा लाग्ने भाइरस रहेछ । धनी गरिब,सरकारमा रहने,सर्वसाधरण जनता सबैलाई संक्रमण हुने । एक व्यक्तिबाट अर्को व्यक्तिलाई सहजै संक्रमण भएको हुनाले यसको जोखिम जो कसैलाई हुने भयो ।सायद त्यही भएर सबै(सबै यसका विरुद्ध लागेका छन् । यसबाट मुक्त हुन चाहेका छन् । यो भाइरस सबैको टाउको दुखाईको विषय भएको छ । रत सबै लागेका छन् ।

के महिला हिंसा,जातीय विभेद, गरिबी, भोकका विरुद्ध सरकार लागेको छ ? छैन,लैगिंक समानता, सामजिक समानता कसैले चाहेको छ ? छै । यसैले म भन्छु यो जातीय विभेद कोरोना भई दिए । सबैलाई सरी दिए । लकडाउन, आइसुलेशन, निःशुल्क उपचार,मास्क लगाउन जस्ता अनेकन उपाय हुन्थ्ये होला । सबैले भन्थ्ये होला यो जातीय विभेदबाट कहिले हामीले छुटकारा पाउँने । त्यसैले म भन्छु जातीय विभेद पनि कोरोना भई दिए कस्तो हन्थ्यो होला ।

नरेश खाती