शंकर अस्पतालको सेवा सुचारु « Yalambar Times
८ बैशाख २०८१, शनिबार

शंकर अस्पतालको सेवा सुचारु


यलम्वर टाइम्स
५ कार्तिक २०७७, बुधबार ०३:३८

अर्जुनधारा । शंकर अस्पतालमा कोरोना संक्रमित फेला परेकोभन्दै उक्त अस्पताललाई तीन दिनसम्म शिल गरिएको थियो ।

समुदायमा कोरोना फैलन नदिनका लागि नगरपालिकाको सीसीएमसीको बैठकले तीन दिनपछि अस्पताललाई डिसइन्फेक्टेट गरेर सञ्चालन गर्न भनी पत्र आएपछि अस्पतालले सेवा बन्द गरेको थियो ।

तीन दिनपछि निर्देशनलाई पूर्ण पालना गर्दै मंगलबारबाट अस्पताल सुचारु भएको अस्पतालका प्रबन्धक निर्देशक सुजन शिवाकोटीले बताए ।

उनका अनुसार मंगलबारबाट डा. सन्तोषकुमार यादव, डा. सत्यनारायण यादव र डा. खुम्बु अग्रवालको अगुवाईमा कडा निगरानीका साथ सेवा सञ्चालन भएको जनाएका छन् ।

यसअघि कोरोना संक्रमित अस्पतालका दुई स्वास्थ्यकर्मी आइसोलेसनमा उपचारथ छन् । उनीहरुको पुनः पीसीआर गरेपछि मात्र नेगेटिभ भए सेवामा फर्किने पनि अस्पतालले जनाएको छ ।

तीन दिनसम्म अस्पताल बन्द रहँदा फोनमार्फत बिरामीको चाप त्यतिकै आएको जनाएका छन् ।