जोरसिमलमा क्वारेन्टिन, खुदुनाबारीमा तीन र वडा नं. ९ मा एक जनामा कोरोना भेटियो « Yalambar Times
८ बैशाख २०८१, शनिबार

जोरसिमलमा क्वारेन्टिन, खुदुनाबारीमा तीन र वडा नं. ९ मा एक जनामा कोरोना भेटियो


यलम्वर टाइम्स
१३ आश्विन २०७७, मंगलवार १०:२६

जोरसिमल । शनिश्चरे माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन अर्जुनधारा–३ टाङटिङ नजिक जोरसिमल स्थित सारिएको छ ।

जनता आवासका लागि निर्माण भएको उक्त क्वारेन्टिनमा सय जना अटाउन सकिने नगरले जनाएको छ । आवासका लागि सुविधा सम्पन्न भवन निर्माण भए पनि हाललाई भने क्वारेन्टिन स्थापना गरिएको हो ।

उक्त क्वारेन्टिनमा वाईफाईको पनि सुविधा दिने वडाध्यक्ष जीवन भण्डारीले जानकारी दिए । यसअघि अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयमा क्वारेन्टिन स्थापना गरिएको थियो । विद्यालय सञ्चालन गर्ने भनेपछि हटाइएको नगरले जनाएको छ ।

शनिश्चरे माविबाट सोमबार साँझदेखि नै जोरसिमलमा क्वारेन्टिन सारिएको हो । हाल उक्त क्वारेन्टिनमा ३ महिलासहित २० जना रहेका छन् । सोमबार मात्र कोरोना नेगेटिभ आएका १४ जनालाई घर फर्काइएको छ ।

यसरी नै अर्जुनधारा–३ स्थित एकै परिवारका ३ जनालाई कोरोना संक्रमण देखापरेको छ । यसअघि आईतबारका दिन ५१ वर्षीय पुरुष र सोमबारका दिन ४७ वर्षीय उनका श्रीमतीलाई कोरोना पुष्टि भएको थियो भने मंगलबार सोही गरकै ७३ वर्षीय वृद्ध बुबामा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार वडा नं. २ र ३ अर्को सूचना नआइञ्जेलको लागि सरकारी कामकाज बन्द गरिएको छ ।

यसरी नै वडा नं. ९ मा पनि आज एक व्यक्ति कोरोना संक्रमण पुस्टि भएको नगरले जनाएको छ । संक्रमित व्यक्ति काठमाण्डौबाट झापा आएका हुन् ।

उनी आउनुअघि कहाँ कहाँ बसे भन्ने यकिन नभए पनि स्वास्थ्य शाखाले पुष्टि भएको जनाएको छ ।