भ्रष्टाचार गरेको आरोपमा दमकका चार प्रहरी निलम्बित « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

भ्रष्टाचार गरेको आरोपमा दमकका चार प्रहरी निलम्बित


यलम्वर टाइम्स
१० आश्विन २०७७, शनिबार ०७:११

दमक । दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायीसँग पैसाको लेनदेन गर्दै गरेको भेटिएपछि असइ, हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए ।

तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, ‘प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ’, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।

यथार्थ विवरण उपल्लो तहमा पेश नगरेको आरोप उनीहरुमा छन् । असइ भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल प्रहरी निलम्बनमा परेका हुन् ।

भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ ।

डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यर्थाथ बुझ्ने काम भइरहेको छ । पूर्वन्यूजबाट