बैसाबाडीमा गोरु काटेको आरोपमा तीन पक्राउ, तीन फरार « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

बैसाबाडीमा गोरु काटेको आरोपमा तीन पक्राउ, तीन फरार


यलम्वर टाइम्स
१० आश्विन २०७७, शनिबार ०५:३४

बैसाबाडी । अर्जुनधारा–५ बैसाबाडी स्थित गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन युवाहरुलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी शनिश्चरेका अनुसार वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको लगाएको उखुबारीमा राति १० बजे गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा ति युवाहरु पक्राउ परेका थिए ।

राति १० बजेतिर उखुबारीमा होहल्ला मच्चिएपछि प्रहरीले सुराकी गर्दै जाँदा भाग लगाउँदै गरेको अवस्थामा सोही वडाका तीन युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बिरेनबहादुर दनुवार, टीकाराम दनुवार र इमान तामाङ रहेका छन् भने उनीहरुसँगै तीन जना नाबालक पनि पक्राउ परेका छन् ।

पक्राउ परेका नाबालकलाई तारिकमा छाडिएको छ भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक मुचुल्का उठाउँदै गोरुको टाउको, खुट्टा र आन्द्राभूडी बोरा संकलन गरि राखेको छ ।